धनगढी– धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको विवेक दुगडले साउन ७ गते धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाई उजुरी दायर गर्यो । सो मुद्दामा अदालतले उनको पक्षमा उत्प्रेषण आदेश जारी गर्यो ।
सोही आदेशको अवज्ञा गर्दै धनगढी उपमहानगरपालिकाले केही महिना अघि उनले व्यवसायी गर्दै आएका संरचनामा डोजर चलाएर भत्कायो । उनको पर्खालसहित कर्मचारी बसिरहेको निवासमा उपमहानगरपालिकाले डोजर चलाएको थियो । दुगडका शाखा म्यानेजर विनोद कुमार झाले –‘धनगढीले पत्र काट्दा जवाफ फर्काए । त्यसपछि पनि उपमहानगरपालिकाले नमानेपछि जिल्ला अदालत कैलालीमा उजुरी दायर गरेका हौं ।’
कैलाली जिल्ला अदालतले साउन १७ गते –‘अन्तिम फैसला नभएसम्मका लागि कित्ता नम्बर २५ र २९ को जग्गामा निर्मित संरचनाहरु धनगढी छ लेन सडकको तोकिएको मापदण्डभित्र पर्दछ वा पर्दैन भन्न सम्बन्धमा आधिकारिक निकायबाट यकिन गरी गराई मुद्दाको अन्तिम टुंगो नलागेसम्म जग्गाभित्र निर्मित संरचना नहटाउन तथा नभत्काउन’ भनी आदेश जारी गरेको थियो । दुगडले अदालतको आदेश देखाउँदा समेत धनगढीका नगर प्रहरीले नगर प्रमुखको आदेशभन्दै सो संरचनामा डोजर चलाई संरचना भत्काएको उनको भनाई छ ।
तर, सोही क्षेत्रका अन्यका संरचनामा उपमहानगरपालिकाले कुनै संरचना भत्काएन । सडक संरचनाभित्र परेको भन्दै हाम्रा संरचना भत्काइयो तर, अन्यको कुनै संरचनामा डोजर नचल्दा अदालतमा मुद्दा दायर गरेको कारण उपमहानगरपालिकाले आफना संरचना भत्काएको हुन सक्ने उनको भनाई छ । सो मुद्दा हालसम्म कैलाली जिल्ला अदालतमा विचाराधिन रहेको छ ।
धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले छ लेन सडकभित्र सेड व्याक निकाल्न सो कम्पनिको संरचना भत्काइएको बताए । २०८० साल मंसिर १६ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित अमित डिष्ट्रिब्यूटर्स रहेको व्यक्तिको घरमा नगर प्रहरीको सहायतामा डोजर चलाएको थियो । संचालक दुश्यान्त बस्नेत काठमाडौंमा रहँदा अदालतको आदेश नमान्दै उपमहानगरपालिकाले डोजर चलाएको थियो । ‘म काठमाडौंमा छु । पहिले पनि उपमहानगरपालिकाले मेरो घरमा डोजर चलाउने तयारी गरेको थियो । मैले उच्च अदालतमा मुद्दा दर्ता गराएको थिए’ घरधनी दुस्यान्त बस्नेतले भने –‘साउनमा अदालतले मेरो पक्षमा फैसला गरेको थियो ।’ उच्च अदालत दीपयालद्धारा जारी फैसलामा भनिएको थियो –‘यथास्थितिमा घरमा कुनै पनि क्षति नपुर्याउ ।’
तरं, उपमहानगरपालिकाले सडक चौडाइ गर्ने भन्दै सो घरमा डोजर लगाएको थियो । उनले भनेका थिए ‘अदालतमा हालेको मुद्दाका कारण अस्पताल सञ्चालनको अनुमति दिन पनि आनाकानी गरिएको थियो ।’ सो समयमा दुस्यान्त बस्नेतले मुद्दा फिर्ता लिएपछि मापदण्ड नपुग्दै अस्पताल संचालन अनुमति दिएको थियो । धनगढी उपमहानगरपालिकाले वडा नम्बर ४ स्थित दक्षिणकाली हाटबजारमा सम्झौता विपरीत कुनै पनि कार्य नगर्न÷नगराउन अदालतको आदेश विपरीत धनगढी उपमहानगरपालिकाले भदौ ८ गते डोजर चलाएर संरचना भत्काएको थियो ।
जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालको एकल इजलासले जारी गरेको आदेशमा भनिएको थियो, ‘निवेदक तथा प्रत्यर्थी नगरपालिकाबीच मिति २०६७ चैत महिना १४ गतेका दिन भएको सम्झौता विपरीतको कुनै पनि कार्य नगर्नू÷नगराउनू भनी मुलुकी देवानीसहित २०७४ को दफा ५४१ (२) बमोजिम यो उपयूक्त आदेश जारी गरि दिएको छ । आदेशको जानकारी छिटो विपक्षीहरुलाई गराउनू ।’ तर, उपमहानगरले सो आदेश विपरित संरचना भत्काएको थियो । उपमहानगरपालिकाले सो हाटबजारको डिपिआर तयार गरि नयाँ संरचना बनाउने भन्दै भत्काएको भएपनि सोही वडाको शहिदगेटमा संचालनमा आएको चौलानी डिपार्टमेण्टको हाटबजारको कारोबार बढाउन तत्कालिन जिल्ला समन्वय समितिको योजना बनेको संरचनामा डोजर चलाइएको थियो । सो योजनाको ठेक्का सम्झौता गरेका ओमप्रकाश पाठकले अदालतमा उजुरी दिएकै कारण सो संरचना अल्पत्र पारिएको छ ।
केही महिना अघि ठाकुर एग्रो एण्ड इण्डट्रिज प्रा.लि.का संरचना नालाभित्र परेको भन्दै उपमहानगरपालिकाले डोजर चलाएको थियो । तर, सोही नालामा परेका अन्य संरचना हटाएन् । ठाकुर यस उपमहानगरपालिकाकै ठुलो करदाता र बढी रोजगार सृजना गर्ने व्यक्ति हुन् । नगर प्रमुखको काममा असहयोग गरेको भन्दै ठाकुरका संरचनामा डोजर चलाइएको थियो । उनी भन्छन् –‘नगर प्रमुखले पटक–पटक संरचना भत्काउने भन्दै धम्की दिँदै आएका थिए । तर, अचानक संरचना भत्काउने काम ग¥यो । तर, सोही नालामा पर्ने अन्य संरचना भत्काउन अहिलेसम्म सुरसार गरेको छैन् ।’
धनगढीविरुद्ध अवेहलना मुद्दा दायर
अदालतको आदेशविपरित आफनो संरचनामा धनगढीले डोजर चलाएपछि बुधबार विवेक दुगडले कैलाली जिल्ला अदालतमा अवहेलना मुद्दा दायर गरेका छन् । धनगढी उपमहानगरपालिकाको कार्यालय र नगर प्रमुख गोपाल हमाललाई विपक्षी बनाई विवेक दुगडले अवहेलना मुद्दा दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका इन्जिनियर द्धिजराज भट्टले छ लेन सडकभित्र सेड ब्याक बनाउन के कति संरचना भत्काउने भन्नेबारे अध्ययन भइरहेको बताए । तर, दुगडको संरचना नक्सा पास नभएका कारण भत्काइएको उनको भनाई छ ।
सेड व्याक र खोला अतिक्रमणका नाममा निशानामा ठुला व्यवसायी
छ लेन सडकमा संरचना परेको भन्दै दुगड र खोला अतिक्रमण गरि बनाइएको भन्दै ठाकुर एग्रोमा धनगढीले डोजर चलायो तर, अन्य व्यापारी तथा व्यक्तिका संरचनामा कुनै क्षति पुर्याएन । ठाकुर र दुगड कैलालीका ठुला करदाताका नाममा परिचित हुन् । नगर प्रमुख हमालले आफना विरुद्ध आवाज उठाउने व्यापारि तथा व्यक्तिहरुलाई सडकमा सेडब्याक र खोला अतिक्रमण गरेको भन्दै भत्काउने धम्की दिँदा यहाँका व्यापारि त्रासमा रहेका छन् ।
नगर प्रमुखद्धारा आफ्नो संरचना सुरक्षित
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा सात तले व्यापारिक भवन नगर प्रमुख गोपाल हमालको निर्माणाधिन रहेको छ । मोहनापुल–अत्तरिया छ लेन सडक किनारमै बनिरहेको आफ्नो संरचनामा कुनै असर गरेका छैनन् । दुगड र उनको निर्माणाधिन भवन सेड व्याकका आधारमा एकै प्रवृतिको हो । तर, उनले आफनो संरचनामा भत्काउन आलटाँल गरेका छन् । इन्जिनियर द्धिजराज भट्टले भने –‘नगर प्रमुख हमालले पाँच तलासम्मको धनगढी उपमहानगरपालिकाबाट नक्सा पास गराएका छन् । थप दुइ तलाबारे जानकारी छैन् ।’
नगर प्रमुख हमालले आफनो निर्माणाधिन भवनमात्र नभई आफैले पार्टनरसिपमा संचालनमा ल्याएको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको बाल्मिकी इन्टरनेश्नल स्कुलको संरचना पनि जोगाएका छन् । शहिदगेट–क्याम्पसरोड सडकमा पर्ने सो विद्यालयको नालापछि उपमहानगरपालिकाले वृक्षारोपण गरेको छ । तर, सोही सडकमा रहेका अन्य संरचनामा सेडब्याक राख्ने भन्दै वृक्षारोपण गरिएको छैन् । सो सडकभित्र पर्ने नेपाल राष्ट्र बैंक र सोही विद्यालयमामात्र वृक्षारोपण गरिदा धनगढीबासी धनगढी नितीमै अन्यौलता भइरहेको बताउँछन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस