धनगढी- हरेक महिना महिलालाई महिनावारी हुनु सामान्य हो। प्राकृतिक रूपमै किशोर अवस्थापछि वयस्कसम्म महिलालाई हरेक महिना महिनावारी हुने गर्दछ ।
महिनावारीको क्रममा महिलामा विभिन्न शारीरिक र मानसिक परिवर्तन हुने गर्दछ । महिनावारीको समयमा एक महिलालाई आफ्नो पुरुष पार्टनरको बिषेस सहयोग र सदभावनाको आसा अपेक्षा राखेका हुुन्छन ।
त्यसो भए महिनावारीको क्रममा पुरुषले के गर्ने त ?
– महिनावारी भएको बेला पुरुषले आफ्नो पार्टनरलाई कामकाजमा सहयोग गर्नु पर्दछ ।
– यो बेला महिलामा शारीरिक र मानसिक परिवर्तन हुने हुँदा उनको मुडलाई बुझ्नु पर्दछ ।
– महिनावारीमा महिलामा चिड्चिडापन बढ्ने गर्दछ, त्यसैले उनलाई दिक्क लगाउनु हुँदैन ।
– महिनावारी हुँदा पेट दुख्छ त्यसैले यसलाई समाधानको कोशिस गर्नु पर्दछ ।
– यो बेला श्रीमानले हट वाटर ब्याग दिएर पेट दुखाइबाट राहत पाउन सघाउनु पर्दछ ।
– डार्क चकलेटमा हुने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउँछ, त्यसैले यो ख्वाउन सकिन्छ ।
– केरा, मेवा जस्ता फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ ।
– महिनावारीमा कम्मर दुख्ने हुन्छ त्यसैले हल्का हातले मसाज गर्दा यसले राहत दिन्छ ।
– यो बेला हल्काफूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाइबाट राहत प्राप्त हुन्छ ।
– महिनावारी हुँदा शरीरमा जति पानी हुन्छ, पीडा त्यति नै कम हुने गर्दछ ।
– पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिने, आराम गर्दा समस्या कम हुन्छ ।
– यो बेला पार्टनरलाई चिया–कफी वा मसालेदार खानेकुरा नदिने । यसले पीडा बढाउँछ ।
– यदि रक्तस्राव अत्यधिक भइरहेको छ भने तुरुन्तै डाक्टरलाई भेट्न जानु पर्दछ ।
विभिन्न एजेन्सीको सहयोगमा