माघि महोत्सवले सँस्कृति, परम्परा, रितिरिवाज र अपसिसद्भाव जोगाउछ – मुख्यमन्त्रि कमल बहादुर शाह

सुदिप थापा धनगढी - माघि महोत्सव मात्र नभई यो हाम्रो सँस्कृति, परम्परा, रितिरिवाज, अपसिसद्भाव लाई जोगाउने पर्व हो भन्दै हामीले कसरी संस्कृतिको जोगेर्ना गर्ने भन्ने सन्दर्भमा महोत्सवको महत्व रहेको सुदुरपश्चिमका मुख्यमन्त्रि कमल बहादुर शाहले बताएका छन् ।

सस्कृति संरक्षण, स्थानीय पर्यटन र आधुनिक कृषि प्रवद्र्धनका लागि एक जुट हौऔं भन्ने मुला नाराको साथ नगर स्तरीय माघी महोत्सव २०८१ शनिवार उद्धघाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन । नगरिक समाज, सरकार, स्थानिय मिलेर हाम्रो सँस्कृति जोगाउन सवैले लाग्नुपर्ने बताए । सरकार को तर्फवाट कसरी सहयोग गर्ने सकिन्छ आफु तयार रहेको उनले धारण व्यक्त गरे । आफु सरकारमा भए पनि नभए पनि उपयुक्त ठाउँमा थारु संग्रालय बनाउनुु पर्नेमा जोड दिदै पक्रिया मिलाएर आउन र योजनाका लागि आफुु तयार रहेको उनको भनाई रह्यो । मुक्त कमैया, हलियाको लागि आफु पहिलो चोटी मुख्यमन्त्रि भएको बेलामा कार्य विधि निर्माण गरि सकेको बताउदै छिटै कार्यन्वयनको चरणमा लगिने उनले बताए । बलघर भलमन्साको विषयमा सामाजिक विकास मन्त्रायमा ड्राफ्ट तयार भएर कानुन मन्त्रालयमा गई सकेको र आगामी हाउसमा त्यस विषयले प्रवेश पाउने उनले जानकारी दिए । आफुले सक्ने जुन सुकै विषयमा पनि सधै साथ र सहयोग रहने उनले बताए ।

थारु कल्यणकारी सभाको केन्द्रिय पार्षद तथा माघि महोत्सवका सल्लाहकार माधव चौधरीले थारु समुदाय र समग्र नेपालीको संस्कृतिको संरक्षण गर्नु पर्छ भन्ने नाराको साथमा महोत्सव आयोजना गरिएको उनले बताए । थारु खानपान, लवाईखवाई अवको पिडिलाई सिकाउन र पहिला गाउँगाउँमा मनाईन्थ्यो तर साझा रुपमा मनाउन पाईयोस भनेर निर्माणधिन थारु सांग्रालयको प्राङ्गणमा मनाईन लागेको उनले बताए । महोत्सव तिन दिनका लागि आयोजना गरिएको महोत्सव आयोजक समितिले जनाएको छ । महोत्सवमा विभिन्न स्थानिय कलाकारको प्रस्तुती, सांस्कृतिक झाकी प्रस्तुती, परम्परागत पोषक, परम्परागत खानपान र थारु सांग्रालय अवलोकन गर्न पाईने बताईएको छ ।

महोत्सव गोदावरी नगरपालिकाको वडा नं. ८ मजगाउँ थारु संग्रालय मजगाउँ, थारु सामुदायिक होमस्टे, न्युसुनिया चारपाते युवा क्लवको सहकार्य र थारु कल्याणकारिणी सभा र बरघर भलमन्सा गोदावरी नगर समितिको आयोजनामा हुन लागेको हो ।

ad_wide