धनगढी- कैलालीको धनगढीमा रहेको मानवसेवा आश्रमले श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना गर्ने भएको छ।
धनगढी उपमहानगरपालिका–१५ मा मानवसेवा आश्रमको भवन निर्माण गर्न श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञको आयोजना हुने भएको आश्रमले जनाएको छ । आश्रमले धनगढीमा आइतवार पत्रकार सम्मेलनको आयोजना गर्दै माघ २३ देखि २९ गतेसम्म महायज्ञको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले धनगढीमा आश्रमको भवन निर्माणका लागि रकम सङ्कलन गर्न महायज्ञको आयोजना गर्न लागिएको बताए। भागवत भाष्कर कमल नयन गौतमले महायज्ञमा कथा बाचन गर्न आउने भएका छन्। श्रीमद् सप्ताह ज्ञान विज्ञान महायज्ञमा बिहान साढे ४ बजेदेखि ७ बजेसम्म सात दिन महायज्ञ पंडालभित्र योग शिविर सञ्चालन हुनेछ ।
विद्यार्थीहरूलाई बिहान ११ देखि २ बजेसम्म मानसिक स्वास्थ्य, दुव्र्यसन सम्बन्धी सचेतना एवं उत्प्रेरणामूलक कार्यक्रम रहने आयोजकले बताएको छ। बिहान ११ देखि ४ बजेसम्म सङ्गीतमय कथा प्रवचनको कार्यक्रम रहनेछ। साँझ ७ देखि ९ बजेटसम्म विभिन्न सचेतना मूलक श्रव्यदृश्य कार्यक्रम र भनजकिर्तनको कार्यक्रम हुने आश्रमले जनाएको छ ।
महायज्ञमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय तहहरु, संघ÷संस्था, नागरिक समाजसँगै राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय व्यक्तिलाई कार्यक्रममा निमन्त्रणा गरिने आयोजकले बताएको छ।
आश्रमले धनगढी उपमहानगरपालिका–१५ मा ३७ करोडको लागतमा तीन ठुला संरचनाहरू निर्माण गर्ने योजना बनाएको अध्यक्ष अधिकारीले बताए। उनले २ करोड खर्चेर भौतिक संरचना निर्माणको काम पूरा भएको बताए। बाँकी रकमको जोहो गर्न महायज्ञको आयोजना गर्न लागिएको उनले बताए। आश्रमले धनगढी उपमहानगरपालिका–१५ मा ३७ करोडको लागतमा तीन ठुला संरचनाहरू निर्माण गर्ने योजना बनाएको र सो योजनाको लागि सरकारको मात्र मुख ताकेर नहुने हुँदा जनस्तरको सहयोग संकलन गर्ने हेतुले महायज्ञ आयोजना हुन लागेको मानवसेवा आश्रम धनगढीका अभिवावक महेन्द्र राज पन्तले बताए ।