धनगढी– मानवसेवा आश्रमले आफ्नो १२ औँ वार्षिकउत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सडकमा जिवन बिताइरहेका सहयोगापेक्षी सडकमानवहरुको सेवा आश्रमले गर्दै आइरहेको छ । मानवसेवा आश्रमले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन न परोस् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रम धनगढी स्थित पार्कमोडमा बिहान ११ बजे देखी सुुरु भएको थियो ।
मानवसेवा आश्रमले आफ्नो १२औ वार्षिकउत्सवको अवसरमा देशभरिनै सबै आश्रममा रक्तदान कार्यक्रम राखेको मानवसेवा आश्रम कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले बताए । आज बेलुुका दिप प्रज्वललन रहेको र उपस्थित भैदिन समेत संयोजक शाहले अनुरोध गरेका छन्। मानवसेवा आश्रमले बिगत १२ वर्ष देखी सडकमा जिवन बिताइरहेका सहयोगापेक्षी सडकमानवहरुको उद्दार र पुनर्मिलन समेत गराउदै आएको छ हाल मानवसेवा आश्रम धनगढी ५ तारानगर र धनगढी १५ उर्मी दुईवटा ठाउँ बाट ६६ जना सहयोगापेक्षी, सडकआश्रित , वेवारिसे व्यक्तिहरूको सेवा हुँदै आइरहेको छ । कुनै पनि विदेशी सहयोग विना नै आश्रम सञ्चालन भैरहेको कुरा पनि आश्रमका संयोजक शाहले बताए ।