धनगढी -मानव सेवा आश्रम सुदूरपश्चिम प्रदेश स्तरीय भवन निर्माणका लागि धनगढीमा हुने ज्ञान विज्ञान महायज्ञ मूल समारोहको मूल समिति गठन गरिएको छ ।
मानवताको मन्दिर मानवसेवा आश्रमको धनगढीमा हुने भवन निर्माणका लागि ज्ञान विज्ञान महायज्ञको आयोजना गर्न लागेको हो। ज्ञान विज्ञान महायज्ञ माघ २३ गतेदेखि माघ ३० गतेसम्म हुने भएको हो ।
हिजो मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारीको प्रमुख आतिथ्यतामा महायज्ञको मूल समारोह समिति गठन गरिएको हो। समारोह समितिको संयोजकमा मानव सेवा आश्रमका अभिभावक तथा समाजसेवी मदन कुँवर निर्विरोध चयन भएका छन्।
अबको केही दिनभित्रै मूल समितिको पूर्ण गठन हुने मानव सेवा आश्रमका कैलाली जिल्ला संयोजक लोकेन्द्र शाहले बताएका छन्।