मापसे गरेर उपसचिव आचार्यको धनगढी एयरपोर्टमा हर्कतः सिडिओलाई गाली गरे, थर्काए प्रहरीलाई

कैलाली । धनगढी विमानस्थलमा उपसचिव दीपक आचार्यले अस्वभनीय हर्कत देखाएका छन् ।

आफूलाई कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उपसचिव भन्दै उनले कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई गाली गरे । उनले १०० मा फोन गरेर पनि प्रहरीलाई धर्काएका थिए ।

अत्यधिक मादक पदार्थ सेवन गरेपछि उनलाई विमानमा जान दिइएको थिएन । बुद्ध एयरलाइन्सको दिउँसो २ :५५ को फ्लाइटमा काठमाडौँ जान धनगढी विमानस्थल कार्यालय पुगेका आचार्यलाई अत्यधिक मदिरा सेवन गरेको भन्दै एयरलाइन्सले बोर्डिङ पास नदिएर फर्काएको थियो ।

‘तपाई फ्रेस भएर आउनुहोस् अत्यधिक मदिरा सेवन गर्नुभएको छ अर्काे फ्लाइटमा जानुहोला’ कर्मचारीहरूले आचार्यलाई सम्झाएका थिए ।

उनले त्यसलगत्तै उनले प्रमुख जिल्ला अधिकारी मिश्रलाई फोन गर्दै थकाए । प्रहरीलाई पनि उनले गालीगलौज गरेका थिए । उपसचिवले फोनबाट गाली गरेपछि प्रमुख जिल्ला अधिकारी मिश्र विमानस्थलमा पुगेका थिए । तर, उनी धनगढी फर्किसकेका थिए ।

मुख्यमन्त्री कार्यालयको हुर्मत लिएर तथानाम आरोप लगाउँदै प्रजिअ मिश्रलाई धम्क्याएपछि उनले आचार्यलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका थिए । प्रहरीले मदिराको तालमा भेटाएपछि उनले आफूबाट गल्ती भएको भन्दै माफी मागेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्टले बताए ।

प्रमुख जिल्ला अधिकारीसँगै माफी मागेपछि आचार्यलाई सम्झाईबुझाई छाडिएको एसपी बिष्टले बताए ।

आचार्य यसअघि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएका बेला समेत विवादमा आउने गरेका थिए त्यसअघि पनि गुराँस गाउँपालिकाको मोबाइल फिर्ता नगरेको भन्दै महालेखाको प्रतिवेदनमा नै उल्लेख गरिएको थियो ।

ad_wide