धनगढी– धनगढीमा रहेको माया मेट्रो हस्पिटलले ८ किलोग्राम तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ ।
अस्पतालले बिहीबार डडेल्धुरा घर भएकी ५५ वर्षीय एक महिलाको ८ किलोग्राम तौलको ट्युमरको सफल शल्यक्रिया गरेको हो। अस्पतालका वरिष्ठ ल्याप्रोसकोपिक तथा जेनरल सर्जन डा. विकास मण्डल र वरिष्ठ एनेस्थेसिया तथा क्रिटिकल विशेषज्ञ डा. मोहन राज भट्टराईको टीमले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।
उक्त महिला विगत एक वर्ष देखि सो समस्याबाट पीडित रहेकी थिइन् । एक वर्ष देखि पेट सुनिएर खाना खान पनि समस्या भएको र उनमा कमजोरी समेत बढ्दै गइरहेको थियो ।