धनगढी – मालिकार्जुन गाउँपालिकामा कार्यरत सिनियर अहेव दिनेशप्रसाद जोशीको निधनमा भएको छ । मालिकार्जुन गाउँपालिका–६ मा रहेको उकु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी जोशीको सोमबार उपचारका क्रममा निधन भएको थियो ।
सोमबार बिहान ११ बजे स्वास्थ्य चौकीमै बेहोस भएर लडेका जोशीलाई उपचारका लागि जिल्ला अस्पताल दार्चुला पु¥याइएको थियो । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि धनगढी लैजाने क्रममा मालिकार्जुनको पस्ती आधारभूत अस्पतालमा निधन भएको मालिकार्जुन गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रसिंह धामीले बताए ।
यसैबिच मालिकार्जुन गाउँपालिकाले अहेव जोशीको निधनको शोकमा गाउँपालिकामा अत्यावश्यक सेवा बाहेकका कार्यालयका सेवा बन्द गरेको छ ।