मुख्यमन्त्री कमलबहादुर शाहले गरेनन कारबाही, बोलेको कुरा व्यवहारमा लागु गर्दैनन
शेरबहादुर ऐर
धनगढी– सामाजिक सञ्जालमा जथाभावी लेख्ने सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका कानुन सचिव लिलाधर सुवेदीलाई कारबाहीको दायरामा ल्याउने बुधबार पत्रकारहरुसंग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रतिवद्धता व्यक्त गरे । तर, बिहिबारसम्म उनी नेतृत्वको सरकारले सुवेदीलाई कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
बुधबार सञ्चारकर्मीहरुसंगको छलफलमा बुधबार साँझसम्म प्रदेश सरकारले सुवेदीका विषयमा निर्णय लग्ने बताएका थिए । तर, बिहिबारसम्म मुख्यमन्त्री कमलबहादुर शाह कार्यक्रममा व्यस्त भएको भन्दै सुवेदीमाथि कारबाही गर्न सकेको छैन ।
सामाजिक सञ्जालमा जथाभावी लेख्ने सुवेदीलाई कारबाही नभएपछि पत्रकार महासंघ र विभिन्न संघ–संगठनहरुले संयूत विज्ञप्ती जारी गर्दै यथाशिघ्र सुवेदीमाथि गम्भिर बन्न मुख्यमन्त्री शाहलाई अनुरोध गरेको छ । महासंघले जारी गरेको संयूक्त विज्ञप्तीमा मुख्यमन्त्री शाहले सुवेदीलाई कारबाही नगर्दा निरिह बनेको उल्लेख छ ।
‘प्रदेश सचिवले आफनो पदिय मर्यादा विपरितका आचारणहरु पटक–पटक दोहो¥याउँदा समेत प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारले सामान्य स्पष्टिकरण पनि सोध्न नसक्नु, उनले लेखेका अराजक स्टाटसहरु सुधार गर्न नलगाउनुले प्रदेश सरकार कर्मचारीका सामुन्ने कतिको निरिह छ भन्ने कुरा प्रष्ट भएको छ’ जारी विज्ञप्तीमा भनिएको छ–‘सचिव सुवेदीमाथि वैशाख २६ गतेसम्म पनि कानुनी कारबाही नगरिए चरणबद्ध रुपमा कालोपट्टी सहित धर्ना, कोणसभा, प्रदर्शन र प्रदेश सरकारका कार्यक्रमहरु बहिस्कार लगायतका आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिन चाहन्छौं ।’
पत्रकार महासंघ प्रदेश कमिटि अध्यक्ष भरतबहादुर शाह, जिल्ला अध्यक्ष श्रवण देउवा, नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष टेकेन्द्र देउवा, प्रेस चौतारी उपाध्यक्ष मिन ठकुरी, नेपाल प्रेस युनियन कैलाली अध्यक्ष सिताराम ओझा, प्रेस चौतारी कैलाली अध्यक्ष जनक विष्ट र समाजवादी प्रेस सगठन कैलाली अध्यक्ष लक्ष्मीप्रसाद जैशीद्धारा बिहिबार संयूक्त विज्ञप्ती जारी गर्दै प्रदेश सरकार निरिह र गैरजिम्मेवार भएको ठहर गरेका छन ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दिर्घराज उपाध्यायले सचिव सुवेदीले आफनो पदिय मर्यादाविपरित कार्य गरेको बताउँदै –‘सचिव सुवेदीको अभिव्यक्तिले समग्र पत्रकारिता पेशालाई आक्षेप लगाएको छ । पेशालाईनै बदनामित गराउने गरि उच्च पदमा रहेका सचिव सुवेदीले आफनो जिम्मेवारी, पदिय दायित्वमा गम्भिर बनेका छैनन ।’
पत्रकार महासंघका नेता दिलबहादुर छत्यालले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन सचिव सुवेदीले फेसबुकमा लेखेको स्टयाटसले पत्रकारिता क्षेत्रलाई बदनामित बनाउने गरि लेखेको स्टयाटस अनुसार प्रमाण माग गर्नुपर्ने अन्यथा ति कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । ‘कसैले पैसा खाएर समाचार लेखेको भए त्यसको प्रमाण सुवेदीले दिएमा चित्त बुझाउँछौं । प्रमाण बेगर सचिव जस्ता मानिसले जथाभावी लेख्न पाउँदैन । यसले पत्रकारितामात्र नभई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सरोकार राख्नुपर्छ’ उनले भने ।
पत्रकार महासंघका महासचिव शिवराज भट्टले सचिव सुवेदीले समाजिक सञ्जालमा जथाभावी लेख्नेमात्र नभई आफु मातहातका कर्मचारी तथा साथिहरुको म्यासेन्जरमा कुराकानी गरि पत्रकार महासंघलाई बदनाम गराउने कार्य गरेको बताए । उनले भने –‘म संग सुवेदीले कुनै व्यक्तिसंग कुराकानी गरेको स्क्रिनसट आएको छ । त्यसमा उनले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार महासंघका लागि विनियोजित बजेट नपाएर लेखेको भनेका छन । मन्त्रालयले चालु आर्थिक वर्षका लागि ९० लाख रकम विनियोजन गरेको छ । जसमा पत्रकार क्षमता अभिवृद्धि, सञ्चारमाध्यमलाई अनुदान र मिडिया हाउसलाई लोककल्याणकारी विज्ञापन दिने उल्लेख छ । तर, अहिलेसम्म महासंघले यस विषयमा मन्त्रालय र सचिवसंग छलफल भएको छैन ।’
महासंघका पूर्व केन्द्रिय सदस्य मिन बमले पत्रकार महासंघले जारी गरेका विज्ञप्तीनै सेयर गरेर उनले पत्रकारिता क्षेत्रलाईनै चुनौति दिएको बताए । उनले भने –‘महासंघले जारी गरेका विज्ञप्तीनै सेयर गर्दै मनोमानी ढंगले लेखेका छन ।’ शनिबार समाचार लेखेकै आधारमा कानुन सचिव सुवेदीले तथ्यहिन कुरा लेख्दै समग्र पत्रकारिताप्रति बदनाम गराउने गरि स्टयाटस लेखेका थिए । सुवेदीले –‘पैसा लिएर समाचार लेख्ने पत्रकार र मिडिया हाउसलाई पनि प्रेस स्वतन्त्रता दिवसको शुभकामना । विशेष गरि पत्रकार शिवराज भट्ट, अन्नपुर्ण र इविगुललाई’ भनेर स्टयाटस लेखेपछि महासंघले यस अघिनै ध्यानाकर्षण पत्र जारी गरेको थियो । सो विज्ञप्ती सेयर गर्दै उनले लेखेका छन–‘म आफै नै ध्यानाकर्षण गराउने वाला थिए, आफै ध्यानाकर्षण हुनुभएकोमा हार्दिक धन्यवाद नेपाल पत्रकार महासंघ ।’ कानुन सचिव यतिमै रुकेनन । आइतबार नेपाल पत्रकार महासंघ केन्द्रिय कार्य समितिले पनि सो विषयलाई लिएर विज्ञप्ती जारी गरेको थियो । सोही विज्ञप्ती शेयर गर्दै लेखेका छन–‘हार्दिक कृतज्ञता नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई । शब्द, भाषा र भाव यी र यस्तै भएका अरू पनी विज्ञप्ती र समाचार अझै आलान यो कुनै नौलो विषय रहेन, कुरा सवैले बुझेका छन् । ‘सत्यमेव जयते’ सत्यमेव जयतेको नेपालीमा अर्थ हुन्छ सत्यको नै विजय हुनेछ, असत्यको होइन । सत्यमेव जयते भन्ने आदर्श वाक्य मुण्डकोपनिषद्को ३.१.६ को मन्त्रको हो ।’
सुवेदीको गतिविधिका कारण कर्मचारीदेखि मुख्यमन्त्रीसमेतले समस्या झेल्नुपरिरहेको स्रोत बताउँछ । देश संघिय संरचनामा गएपछि केही ऐनहरु स्पष्ट नहुँदा प्रदेश सरकारले कर्मचारी व्यवस्थापनमा समस्या झेल्नुपरिरहेको छ ।
बुधबार सञ्चारकर्मीसंग कुराकानी गर्दै मुख्यमन्त्री शाहले कानुन सचिव सुवेदीको अभिव्यक्ति गलत रहेको बताउँदै –‘हामी यो विषयमा गम्भिर छौं । प्रमुख सचिवसहित मन्त्रीहरुको राय बुझिरहेका छौं । कानुनी व्यवस्था के छ । के गर्न सकिन्छ बुधबार साँझसम्म प्रदेश सरकारले निर्णय लिन्छ । थप आन्दोलनका कार्य अघि बढाउने स्थिति हुन दिँदैनौं ।’ तर, विहिबारसम्म कारबाही नगर्दा महासंघले कर्मचारीमाथि सरकार उद्दार देखिएको जनाएको छ ।