बैतडी- सुदूरपश्चिम प्रदेश सरकारकाका मुख्यमन्त्री कमलबहादुर शाहले बैतडीको पुर्चौंडी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन्।
२०७७ साल मंसिर १६ गते वाइआर कन्सट्रक्सनसँग नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६ करोड ७६ लाख ६८ हजार ८५ रुपैयाँमा सम्झौता भएको थियो। सम्झौता अनुसार गत असार २१ गते निर्माण सम्पन्न भएको भवनको बिहीवार मुख्यमन्त्री शाहले उद्घाटन गरेका हुन्।
घटनास्थापनाको अवसर पारेर नयाँ भवनको उद्दघाटन गरिएको पुर्चौंडी नगरपालिकाका प्रमुख दीपकबहादुर बमले बताए । स्थानीय तह भएपछि पुर्चौंडी नगरपालिकाले झण्डै ८ वर्षपछि आफ्नै भवन पाएको छ। यसअघि नगरपालिकाले भाडाको भवनबाट सेवा दिँदै आएको थियो।