मुख्यमन्त्री शाहले दोहोर्याए प्रथम निर्णय, पहिलो कार्यकालमै सार्वजनिक भएको थिएन प्रतिवेदन

शेरबहादुर ऐर धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रो पटक पदभार ग्रहण गर्दै प्रदेश सरकारमा भएको भ्रष्टचारलाई नियन्त्रण गर्ने निर्णय दोहोर्याएका छन् ।

सोमबार कार्यालयमा पदभार ग्रहण गर्दै धारणासंग कार्यभारको दोस्रो निर्णय पढ्दै सुनाए । उनले भने –‘भ्रष्टाचारमा कमी ल्याएर प्रदेशमा सुशासन कायम मेरो प्राथमिकता नै पर्छ ।’

निर्णयको प्रस्तावमा हष्ताक्षर गर्दै उनले वित्तिय अनुशासन, सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनिकरणका लागि अध्ययन गरि १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ ।’ मुख्यमन्त्री शाहले प्रदेश मातहातका मन्त्रालय, निकाय तथा कार्यालयहरुमा समितिले अध्ययन गरि प्रतिवेदन पेश गर्नुपर्ने बताए ।

सो समिति प्रदेश प्रमुख सचिवको संयोजकत्वमा मन्त्रालयका सचिवहरु सदस्य रहने गरि समिति गठन गरिएको छ ।

मुख्यमन्त्री शाहले पहिलो पटक पदभार ग्रहण गर्दा पनि सोही निर्णय गरेका थिए । सो समयमा मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहत हुने कार्यायोजना तर्जुमा गर्नु प्रदेश सरकारले एक समिति बनाउने बताएका थिए ।

उनले भनेका थिए, ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ । भ्रष्टाचारका कुराहरु आएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि कार्य योजना तर्जृमा गर्न समिति गठन गर्ने निर्णय गरेका छौँ । ३० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ ।’

तर, सो समितिले प्रतिवेदन पेश गरेको वा नगरेकोबारे सो समयमा कुनै ठाउँबाट सार्वजनिक भएनन् । मुख्यमन्त्री शाहले दोस्रो पटक कार्यभार सम्हाल्दै गर्दा सोही निर्णयलाई दोहोर्याउँदै –‘प्रदेशका जनतामा निराशा आउने गरि मेरो नेतृत्वको सरकारले काम गर्ने छैन् । जनताका आशा अनुसार अघि बढ्दै प्रदेश विकास र समृद्धिका बाटोमा अघि बढ्ने गरि काम गरिनेछ ।’

ad_wide