बुधबार, जेष्ठ १, २०८२

मुख्यमन्त्री शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच लखनऊमा शिष्टाचार भेट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग आज लखनऊमा शिष्टाचार भेटवार्ता गरेका छन्। भारत भ्रमणको अन्तिम दिनमा सम्पन्न उक्त भेटमा दुई पक्षीय सम्बन्ध सुदृढीकरणलगायत आपसी चासोका विषयमा छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।

मुख्यमन्त्री शाह वैशाख १६ गते १० सदस्यीय टोलीसहित भारतको औपचारिक भ्रमणमा गएका थिए। भ्रमण क्रममा उनले दिल्ली, देहरादुन र लखनऊको भ्रमण गरेका छन्। यसअघि उनले उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीसँग पनि भेटवार्ता गरेका थिए।
ad_wide