कर्म, मेहनत, सङ्गघर्श संगै जोडिएर हिन्न मन लाग्छ, सदा कर्म गर्न मन लाग्छ, म मेहनत गरिरहन्छु मेरा कर्मशिल पाईला थाक्छन तर रोकिदैनन ।
उहिलेको कुरा हो सुन्ने गर्थे कर्म गर तर फलको आशा नगर, चरा दिनभरी आकाशमा उड्छ मलाई लाग्छ यो आकाशको नजिक बादलमुनि उड्न पाए हुन्थ्यो, तर उसको गतिलाई हामी चुम्न सक्दैनौ त्यो उसको वर्गले पाएको कर्म हो ।
एउटा चरा जसले यात्रा आकाशमा गर्छ तर आहारा खोज्न भुईमै आउनुपर्छ यहाँ हरेक कठिनाई, चुनौती छन उसले प्राप्त गर्ने आहाराको पछाडिको चुनौती सामना गर्न सामर्थ्य राख्छ र हाम्रो नजरको क्षमताले नदेख्ने त्यो आकाशबाट भुईमा आउने गर्छ ।
म मेहनत गरिरहन्छु मेरा कर्मशिल पाईला चलिरहेका छन तर म त्यो सामर्थ्य राख्दैन कि मैले हरेक चुनौती कठिनाई सामना गर्ने असल अभ्यास गर्नुपर्छ जहाबाट मलाई केही प्राप्त होस ।
मेहनत लाई प्रगतिमा रुपान्तरण गर्ने हो भने विवेकको पनि निकै ठूलो आवश्यकता रहेको हुन्छ, बिश्वमा भएको परिवर्तन हेर्ने हो भने सबै कुरा मेहनत ले पुग्दैन सकारात्मक विवेकको निकै ठूलो आवश्यकता रहेको पनि देखिन्छ ।
मलाई लाग्छ आफ्नो विचार, धारणाको सबै भक्त भैदिउन मेरो विचारको सबैले सम्मान गरुन, अधिकांश मानिसहरु यहि सोच्ने गर्छन, यहीँ विचारको प्रतिपादित तथ्य उसलाई प्यारो लाग्दैन ।
म आफ्नो विचारको पारखी बन्नुपर्छ, आफ्नो विचारको सम्मान गर्नुपर्छ, विचारको हित यसको क्षेत्र कति फराकिलो छ सो समेत बुझी आफैमा आत्मविश्वास गर्न जान्यौ भने हामी सधै भरी खुसी रहन सक्छौ ।
न यहि सम्झेर लागिरहेको एक मानव हु सेवा, धर्म, कर्तव्यबोध भएको एक मानव हु यी मेरा कर्मशील पाईला सेवा, धर्म, कर्तव्यमै चलिरहनेछन गन्तव्यको पर्खाई होइन विचार र मानव धर्ममा बिश्वास राख्छु ।
✍️ जयन्त सिंह भाट बैतडी