म लाई म चिन्नु छ

मलाई म चिन्नु छ, मैले देखेका ति सपनाहरुलाई चिन्नु छ,

मेरा बाले मेरा लागि देखेका ति सपनालाई चिन्नु छ,

मेरा बाले पूरा नगरेका सपना मैले ति सपना चिन्नु छ ।

 

मेरी आमाले देखेका सपना मैले चिन्नु छ,

डाँडा पारीको अस्थाउँदै गरेको घामलाई हेरेर

मेरा बा आमाको मलिन मुहार लाई चिन्नु छ ।

   

मेरी आमाको गलेको शरीर रोगै रोगले भरिएको मेरी आमाको औषधी बन्नु छ ।

मेरो सिंगो घरको खम्बा बनेर उभिएकी मैले मलाई चिन्नु छ

मैले मेरा बाको सपना लाई चिन्नु छ....।

मलाई म चिन्नु छ, छायाँ जस्तै साथी आफ्नै छायाँमा हराउँदै,

जीवनको रंगिन कथा बुन्दै, आफ्नै मुस्कानको रहस्यमा गुम्सिएका छन् ।

   

हजारौं सपना आँखाको चमकमा लुकेका, अनन्त यात्रा, अनगिन्ती सपना

असिमित सागर, उन्मुक्त आकाश, उडान भर्ने आशा बोकेर हर क्षणमा जीउने

रुपान्तरणको त्यो अनौठो कथाले म लाई चिन्नु छ।

   

समयको स्रष्टा आफैंसँग बाँच्ने, हर क्षणको साक्षी,

प्रत्येक पाइलामा नयाँ उमंग, नयाँ आशाले मलाई म चिन्नु छ ।

 

आफ्नो अस्तित्वमा, आफ्नै गीतमा नाच्ने,

स्वप्निल संसारको यात्री तिमीलाई तिमी चिन्ने,

जीवनको गीतको सर्जक मलाई म चिन्नु छ ।

   

सपनाहरूको संसारमा जहाँ सधैं रहन्छ, मात्र आफ्नो पहिचान

मलाई म चिन्नु छ,

मैले मेरा बाको सपनालाई चिन्नु छ....।

  दिया अवस्थी डडेलधुरा
WhatsApp Image 2024-10-09 at 9.45.27 AM