रेडिकल एकेडेमीले आयोजना गरेको तिज कार्यक्रम सम्पन्न

धनगढी- हिन्दु महिलाहरुको महान पर्व हरितालिका तिजका अवसरमा धनगढी एलएन चोकमा रहेको रेडिकल एकेडेमीले तिज सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना गरेको छ ।

सुप प्रदेश सभा सदस्य सन्तोष शर्मा थापाको प्रमुख आतिथ्यता र रेडिकलका प्रबन्ध निर्देशक प्रकाश बहादुर छेडालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरुले तिज विशेष साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएका थिए ।

तिज हाम्रो संस्कृतिको अभिन्न अंग भएकोले तिजलाइ समाज सुहाउँदो तरिकाले मानाउनु पर्ने कुरामा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य थापाले जोड दिनुभयो ।

सोही अवसरमा रेडिकल एकेडेमीले विद्यार्थीहरुलाई दर पनि खुवाएको थियो ।

ad_wide