काठमाडौँ : सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति सुद्धिकरणको अभियोगमा प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद १३ दिन थपिएको छ।
आइतबार जिल्ला अदालतले १३ दिन थप म्याद दिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रविलाई छुटाउन पार्टीका नेताहरू निरन्तर दबाबमा छन्। तर सफल भएका छैनन्।