राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुखले दिए राजीनामा

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन्।

उनले दसैंअघि नै दिएको राजीनामा त्यतिबेलै स्वीकृत गरिएको कार्यबहाक प्रवक्ता मनिष झाले जानकारी दिए।

 

प्रवक्ता झाका अनुसार पार्टीमा सक्रिय राजनीति गर्न भन्दै न्यौपानेले राजीनामा दिएका हुन्।

‘हाम्रो पार्टीको विधानअनुसार अनुशासन आयोगमा हुने व्यक्तिले सक्रिय राजनीति गर्न मिल्दैन,’ झाले सेतोपाटीसँग भने,‘उहाँले पार्टीभित्र सक्रिय राजनीति गर्ने भनेर राजीनामा दिनुभएको हो। ६ महिनाको कुलिङ पिरियडपछि अर्को जिम्मेवारीमा रहेर काम गर्नुहुनेछ।’

ad_wide