धनगढी –
एकलौटी ढंगले पार्टी मा हुकुम चलाउदै आएका राष्ट्रिय स्वतन्त्र पार्टि (रा.स्व.पा) सुदुरपश्चिमका सभापती प्रकास बिष्ट माथि नैतिकता को प्रश्न उठेको छ ।
रा. स्व. पा. सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश बिष्ट माथि नैतिकता को प्रश्न खडा भएको हो । सनराईज टेलिभिजनलाई प्राप्त जानकारी अनुशार सुदूरपश्चिम प्रदेश का नौ वटै जिल्ला सभापति हरूले प्रदेश सभापतिले निरंकुस र तानासाही तरिकाले एकलौटी प्रदेश चलाउन खोजेको भन्दै पार्टी को बिधान मा रहेको (राईट टु रिकल) को प्रयोग गर्दै तत्काल पदमुक्त गर्नुपर्ने भन्दै प्रदेश इन्चार्ज तथा प्रतिनिधी सभा सदस्य हरी ढकाल समक्ष संयुक्त निवेदन पेश गरेका छन ।
इन्चार्ज सहितको पहिलो बैठकमै जिल्ला सभापतीहरूले प्रदेश सभापतीले बिधान बिपरीत पदाधिकारी मनोनयन गर्ने , फरक मत राख्ने लाई पद बाट हटाउने , अझै साधारण सदस्य बाट पनी हटाउन धम्की दिने , अधिवेशन केन्द्रित भइ आफुअनुकुल का ब्यक्तिलाई मनोनयन तथा नियुक्ति गर्ने , जिल्ला लाई हुकुमी साशन जस्तै पेलेर लैजाने , पार्टी नबन्दै प्रदेश भित्र संगठन भककाड्दै गुटबन्दी गर्ने , पार्टी को निति बिधि बिपरीत कार्य गर्दै आएको आरोप सहीत तत्काल पदमुक्त गर्नुपर्ने माग राख्दै कारबाहीको माग गरेका छन् ।
सुदूरपश्चिम मा जम्मा ९ ओटा जिल्ला रहेको मा ९ वटै जिल्ला सभापतीहरू ले संयुक्त हस्ताक्षर गरी कारबाहीको माग गरिसकेको अवस्थामा सभापति प्रकाश बिष्ट को नैतिकता माथि पार्टी भित्रै गम्भिर प्रश्न उठेको हो । बिगतमा लगातार प्रदेश पदाधिकारीहरू मनपरी तरीकाले नियुक्ति गर्ने, हटाउने, प्रदेश समितिमा आफ्ना पक्षधरलाई जुनसुकै कमजोरी गर्दा पनि संरक्षण गर्ने र आफ्नो भन्दा फरक मत राख्ने लाई पुर्ण रुपमा निषेध गरी एकलौटी रूपमा जीम्मेवारी बाटै हटाउने , संगठन निर्माण मा असहयोग गर्ने , ब्यक्तिगत कम्पनी चलाएझै पार्टी चलाउन खोज्ने जस्ता गम्भिर आरोपहरू लागेका छन् । बिगत मा पनि प्रकाश बिष्ट माथि चन्दा संकलन, ब्ल्याक मेलीङ गरेका जस्ता बिभीन्न आरोपहरू लाग्दै आएका थिए ।
अब प्रदेश सभापतीले नैतिकता प्रदर्शन गर्छन की गर्दैनन् भन्ने आम पार्टी सदस्यहरूको चासो को बिषय बनेको छ । रा स्व पा केन्द्र ले सभापति बिष्ट लाई बचाउछन् की जिल्ला सभापतीहरूको मागलाई सम्बोधन गर्छ त्यो चाही हेर्न बाकी रहेको छ ।