धनगढी- पछिल्लो समयको माग अनुसार विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा दिँदै आएको रेडिकल एकेडेमीको नवौं वार्षिक उत्सव सम्पन्न भएको छ।
धनगढीको एलएन चोकमा रहेको एकेडेमीको नवौं वार्षिकोत्स सुदूर पश्चिम प्रदेशका प्रदेश शभा सदस्य धर्म राज पाठक प्रमुख आतिथि र ऐकेडेमीका प्रवन्ध निर्देशक प्रकाश छेडाल सभापति रहेका थिए ।
कार्यक्रममा प्रशिक्षार्थी विद्यार्थीहरूले विभिन्न सांगितिक प्रस्तुती पस्केका थिए भने पढाइ तथा विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाण पत्र तथा पुरुस्कार समेत वितरण गरिएको थियो। साथै एकेडेमीमा अध्यन सक्काएका बिध्यार्थीलाई बिदाई र नयाँ बिध्यार्थीलाई स्वागत समेत गरिएको थियो । रेडिकल एकेडेमीमा होटल म्यानेजमेन्ट र फेसन डिजाईन प्रशिक्षण कक्षाहरु ीनयमित रुपमा संचालनमा रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य पाठकले सुदूरपश्चिमै नौलो इतिहास रच्न सफल रेडिकलले विभिन्न विषयहरुलाई उच्च गुणस्तरका साथमा पढाइरहेको र आगामी दिनमा अझ सफल हुनेमा आफू आशावादी रहेको व्यक्त गरेका छन्। साथै उनले रेडिकलले अध्ययन गराउँदै आएका विषयहरू स्वरोजगारमुखी रहेको र अन्य एकेडेमी तथा इन्स्टिच्युटहरुले पनि सोही अनुरुपको कार्य गर्नुपर्ने सुझाव दिएका छन्।
आफूले विगत ९ वर्षदेखि सुदूरपश्चिममा रोजगारमूलक शिक्षा दिँदै आइरहेको र सुदूरपश्चिममै पहिलोपटक फेसन डिजाइन कोर्स सञ्चालन गर्दा विभिन्न चुनौतीहरू पार गर्दै अहिले नवौं वर्ष प्रवेश गर्दा आफू हर्षित भएको रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले बताए ।