रेडिकल विद्यार्थी उत्सव २०८१ सम्पन्न

धनगढी- रेडिकल एकेडेमीले आज “विद्यार्थी उत्सव“को पहिलो भाग आयजना गरेको छ ।

विद्यार्थीहरुलाई पढाइ बाहेकका फरक क्षमताको प्रस्फुटनको अवसर प्रदान गर्न आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथीमा धनगढी नमुना प्राविधिक माध्यमिक विद्यालयका प्राचार्य लक्ष्मणदत्त भट्ट रहनुभएको थियो भने कार्यक्रमको सभापतित्व रेडिकल एकेडेमीका प्रबन्ध निर्देशक प्रकाश छेडालले गरेका थिए । कार्यक्रमको संचालन केशर रावलले गरेका थिए ।

हरेक विद्यार्थीमा विशेष क्षमता हुन्छन् र ती विशेष क्षमताहरुले मुखरित हुने अवसर नपाए सम्म एउटा विद्यार्थी समान्य विद्यार्थी हुन्छ । तर ती क्षमताले प्रस्फुटित हुने अवसर पाए सम्बन्धित विद्यार्थीमात्र नभएर पुरै समाजले गर्व गर्ने अवसर पाउँछ । यहि मान्यतालाई आत्मसाथ गर्दै रेडिकलले यो कार्यक्रमको आयोजना गरेको हो । आजको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन सँगै फेसन डिजाइनसँग सम्बन्धित प्रस्तुतीहरु पस्केका थिए भने आउँदा कार्यक्रममा अन्य प्रतिभाहरुलाइ पनि अवसर प्रदान गरिनेछ ।

धनगढी एलएन चोकमा रहेको रेडिकल एकेडेमीले विगत चार बर्षदेखि होटल म्यानेजमेन्ट र फेसन डिजाइन कोर्षमा अध्यापन गरिरहेको छ ।

ad_wide