धनगढी। रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको मृत्यु भएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका– ४ चौसाल निवासी पदम बिष्टका जेठा छोरा २० बर्षीय बिनोद बिष्टको भारतमा मृत्यु भएको हो। शनिबार उनी मोटर साईकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा निधन भएको मृतकका आफ्न्त नविन बिष्टले जानकारी दिए।
रोजगारीका लागि उनी बिगत ७ महिनादेखि चेन्नईको होटेलमा काम गर्दै आएका थिए। कमाउनका लागि भारत गएको घरको खम्बाको रुपमा रहेको छोराको मृत्युको खबरले परिवार शोकमा डुबेको छ।