धनगढी – बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लडिक चालिसा घरका रमेश सिंह कुँवरको दुवै खुट्टा कम्मर र एक हात भाचिएर आहिले अस्पतालको सैयामा छटपटाइरहेका छन् । रोजगारीको सिलसिलामा भारतको दिल्लीमा रहेका कुँवर घरको छत्तबाट लड्दा हात र खुट्टा भाचिएको सुरेश सिंह कार्कीले जानकारी दिए ।
भदौ ३ गते घरको छत्तबाट लडेर घाइते भएका कुँवरको उपचार भारत नोएडा शारदा अस्पतामा भइरहेको छ । घरको आर्थिक अवस्था कमजोर भएकै कारण रोजीरोटी कमाउन भने भारत पसेका हुनुको अहिले यस्तो अवस्था भएपछि परिवारमा चिन्ता छाएको छ।
बिहान बेलुका खानलाई नै धौधौ हुने गरेको उनको परिवारमा अहिले घरकै खम्बा रोजगारीको सिलसिलामा घाइते भएर अस्पतालमा छटपटाइरहेको अवस्थामा रहेको उनका जेठान सुरेश सिंह कार्कीले बताए।
उनको अहिले दुबै खुट्टा, एक हात भाच्चिएको सँगै कम्मरको हड्डीसमेत फ्याक्चर भएकाले उनको उपचारमा समस्या भइरहेको कार्कीले बताए।
कुँवर उपचारका लागि आर्थिक अभाव भएपछि सबैलाई सहयोग गरिदिन समेत उनका भाई गोपाल बहादुर कँवरले सबैलाई अनुरोध गरेका छन् ।
भएको पैसा पनि सकियो । अझै डाक्टरले धेरै खर्च लाग्छ भन्नुभएको छ । परिवारमा बिहान बेलुकाको खाना खर्च नै जुटाउन नसकेर उनी भारत गएको हुनाले र महिनाभरि काम गरी घरको जोहो चलाइरहेका उनको परिवारमा आहिले उनको उपचार गर्न समेत समस्या भएको छ। देशविदेशमा हुने दाजुभाईहरुले उपचारमा सकेजति आर्थिक सहयोग गरिदिन कुँवरको परिवारले अपिल गरेको छ ।
सहयोगका लागि नेपाली खाता- Hemanti kunwar Everest bank ltd Kanchanpur Ac: no- 05900501202594 भारत का लागि – फोन पे नम्बर : 8700198717 Ramesh singh