धनगढी -विकास रोकाया र सोनियाको मुख्य अभिनयमा दाया लाग्यो तेरो गीत सार्वजनिक भएको छ। पछिल्लो समयमा युवा युवतीहरूमा रहेको प्रेमको र प्रेमभित्र रहेको रिसको प्रदर्शन यो म्युजिक भिडियोमा गरिएको छ।
मेलोडी नेपाल स्टुडियोमा रेकर्ड भएको गीतमा विनायक बसेलको शब्द सिर्जनामा रहेको यो गीतमा भीम ऋषिको संगीत रहेको छ। त्यस्तै स्वर भने अन्जिला रेग्मी र विनायक बसेलको रहेको छ । यो गीतको एरेन्ज भने पुष्कर सुनारले गरेका छन्।
त्यस्तै म्युजिक भिडियोमा विकास रोकाया र सोनिया प्रमुख भूमिकामा देख्न सकिन्छ। जसको निर्देशन स्टार कठायतले गरेका हुन्। भिडियोमा राजेश अनुरागीले छायांकन गरेका छन्। पोस्ट प्रोडक्सन भने बीएसजी पिक्चर्स को रहेको छ ।
पछिल्लो समय स्टार कठायत र विकास रोकायले लामो समयदेखि सहकार्य गर्दै आएका छन्। सुदूरपश्चिमका विभिन्न म्युजिक भिडियो तथा भिडियोहरूमा स्टार कठायत र विकास रोकाएको सहकार्य हुँदै आएको छ। योभन्दा अगाडि पनि विभिन्न गीतहरूमा विकास रोकायाले प्रमुख भूमिकामा खेल्दा स्टार पठाएले विभिन्न म्युजिक भिडियोहरूको निर्देशन गर्दै आएका छन्।
विकास रोकाया र स्टार कठायत भन्नाले अहिले सुदूरपश्चिममा म्युजिक भिडियोमा आफ्नो छुट्टै स्थान रहेका व्यक्तित्वहरूको रूपमा चिनिँदै आएका छन्।