सनराईज टिभि न्युज, धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागी उमेर हद नलाग्ने गरि लोक सेवामा खुल्ला प्रतिस्पर्धा गर्न पाउने ब्यवस्था हुने गरि विधेयक अघि बढाएको छ । सरकारले प्रदेशको स्थानीय तहको गठन, संचालन र सेवाका शर्तसम्बन्धी ब्यवस्था गर्न बनेको विधेयक २०८१ मा त्यस्तो ब्यवस्था गर्न लागेको हो ।
अहिले उक्त विधेयक छलफलको चरणमा रहेको छ । प्रदेश सरकारले चाडै उक्त विधेयक प्रदेश सभामा पेश गर्ने तयारी गरेको बुझिएको छ । प्रदेश लोक सेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट स्थायी पदपुर्ती गर्दै आएको छ ।
प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीको हकमा एक पटकका लागि उमेर हद नलाग्ने गरि खुल्ला प्रतिस्पर्धा गर्न पाउने ब्यस्था गर्न लागिएको र उक्त विधेयक सवैलाई लाभपुग्ने गरि आउने जनाएको छ । यो विधेयक पारित भएमा प्रदेश लोकसेवा आयोगले स्थायी दरबन्दी पदपूर्ती गर्ने खुला प्रतिस्पर्धामा अस्थायी र करार सेवामा कार्यरत सवै कर्मचारीलाई स्थायी पदमा प्रतिपस्पर्धा गर्न बाटो खुल्ने छ ।
मुख्यमन्त्री कमल बहादुर शाहले स्थानीय तहको गठन, संचालन र सेवाका शर्तसम्बन्धी ब्यवस्था गर्न बनेको विधेयक २०८१ माथी छलफल भएको बताउनु भयो । उहाँले विधेयकका सम्बन्धमा सत्ता गठबन्धन दलका नेताहरु र बिषयगत समितिका सभापति तथा सम्बद्ध निकायका पदाधिकारी लगायतसंग छलफल गरिएको उहाँले जानकारी दिनुभयो ।
“अहिले विधेयक छलफलको चरणमा छ, दुईर तीन दिन भित्रै विधेयक प्रदेश सभामा पेश गर्ने तयारी छ, प्रदेश सरकार उक्त विधेयकलाई लिएर गम्भीर र सवदेनशिल छ, बाहिरी प्रचार गरिएजस्तो विधेयक छैन, अनावश्यक हल्ला फैलाईएको छ, मुख्यमन्त्रीले भन्नुभयो ।”
अस्थायी र करार सेवामा कार्यरत कर्मचारीलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरि लोक सेवामा खुल्ला प्रतिस्पर्धा गर्न पाउने ब्यवस्था हुने गरि विधेयक आउने उहाँले बताउनु भयो ।