विभिन्न कार्यक्रम र सहयोग गरी मनाइयो नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवस

धनगढी -नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।

आज बिहान निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा जिल्ला कार्यसमिति कैलालीले धनगढी स्थित निङ्लासेनी गुरुकुल संस्कृत विद्यापीठले स्थापना गर्न लागेको अक्षय कोषका लागि रु २१,१२१ रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।

नेपाल निजामती कर्मचारी युनियनकै आयोजनामा इन्जिनियरिङ र प्रशासन सेवाका कर्मचारीबीचको मैत्रीपूर्ण फुट्सल प्रतियोगिता पनि सम्पन्न गरिएको छ। उक्त कार्यक्रमको विजेता इन्जिनियरिङ सेवा समूहको टिम र उपविजेता प्रशासन सेवा समूह भएको युनियनले जनाएको छ । विभिन्न कार्यक्रमहरूसँगै युनियनको स्थापना दिवसको अवसरमा संगठन विस्तार र सदस्यता वितरणसँगै चियापान कार्यक्रम पनि आयोजना गरिएको नेपाल निजामती कर्मचारी युनियन कैलालीका अध्यक्ष खेमराज जोशीले बताए ।

ad_wide