धनगढी- विश्व हिन्दु परिषद् धनगढी नगर समितिको आयोजनामा प्रथम बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान महादान भन्ने मूल नाराका साथ विश्व हिन्दु परिषद् धनगढी नगर समितिले धनगढी उपमहानगरपालिका ०१ पार्क मोडमा विहान ८ः३० बजे देखि २ बजे सम्म रक्तदान कार्यक्रम संचालन गरिएको हो ।
जिल्ला रेडक्रस कैलालीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। विश्व हिन्दु परिषद् धनगढीको आयोजनाको रक्तदान कार्यक्रममा ९४ पुरुष १६ महिलाले गरी १ सय १० जना रक्त दाताले रक्तदान गरेका छन् । रक्तदान भनेको जीवनदान रहेको र रक्तदान गर्न सकेमा संसारमा रहेका चार धाम पुगे बराबरको धर्म प्राप्त हुने र यो कार्य उत्कृष्ट रहेको विश्व हिन्दु परिषद् सुदूरपश्चिम प्रदेश संगठन सचिव धनुषधारी पाण्डेले बताए ।
विश्व हिन्दू परिषद्ले समाजको सेवाका निमित्त विभिन्न कार्यहरू गर्दै आइरहेको र सोही सेवाको कार्य अन्तर्गत पछिल्लो समय अस्पतालहरूमा रगतको अभाव हुँदै गरेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको विश्व हिन्दु परिषद् सुदूरपश्चिम संवाहक अध्यक्ष तथा धनगढी नगर अध्यक्ष महेन्द्रराज पन्तले बताए । आफूले यो कार्यक्रम आयोजना गरेको र यो कार्यक्रममा धनगढी बासी तथा विभिन्न स्थानबाट धनगढी आएका रक्तदाताहरूले गरेको यो सहयोग र यो उपस्थिति एकदमै सरानीय रहेको अध्यक्ष पन्तले बताए ।
धनगढी रक्तसञ्चार केन्द्रलाई सहयोग पुर्याउन र कसैको एक पिन्ट रगतले कसैले नयाँ जीवन पाउने भएकाले जिल्ला रेडक्रस कैलालीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। विश्व हिन्दु परिषद् धनगढीको आयोजनाको रक्तदान कार्यक्रममा ९४ पुरुष १६ महिलाले गरी १ सय १० जना रक्त दाताले रक्तदान गरेको समेत नगर अध्यक्ष पन्तले बताए।