धनगढी- विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिले नयाँ पिढीलाई संस्कार र नैतिकवान चरित्र वान व्यक्तित्व बनाउने उद्देश्यले व्यक्तित्व विकासको लागि रामायण परीक्षा कार्यक्रम शुभारम्भ गरेको छ।
पछिल्लो समय नेपालमा धर्मान्तरण बढ्दै गएको र विकृतितर्फ युवाहरूको ध्यान बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै यसको न्यूनीकरण गर्ने उद्देश्यले रामायण परीक्षा कार्यक्रम आयोजना गरेको विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिले जनाएको छ।
सही कार्यक्रम अन्तर्गत परिषद्ले आज कैलाली जिल्लाकाे धनगढी उप महानगर पालिकाकाे निङ्लासैनि गुरुकुल संस्कृत बिध्यापिठ धनगढी १३ र गाेदावरि गुरुकुल संस्कृत बिध्यापिठबाट रामायण परीक्षा कार्यक्रम शुभारम्भ भएकाे गरेको विश्व हिन्दू परिषद् नेपाल धनगढी नगर समिति अध्यक्ष महेन्द्रराज पन्तले बताए।
संस्कार युक्त चरित्र निर्माण गरि भाेलिका देशभक्त ,चरित्रवान नागरिककाे परिकल्पना गरि कक्षा ६ देखि ८ मा अध्ययन बिध्यार्थीका लागि यो कार्यक्रमको ढाँचा गरि तयार पारिएकाे र पुस्तकमा २६ पाठ रहेका छन जस अनुसार प्रत्येक हप्ता एउटा पाठ गरेर २६ हप्तापछि परीक्षा हुने पन्तले बताएका छन्। दुबै बिध्यालयका प्रधानाचार्य हरुकाे सहज तथा साैहाद्रपुर्ण वातावरणमा कक्षा संचालनका लागि प्रतिबद्धताले थप उर्जा मिलेकाे अध्यक्ष पन्तले बताए ।
सोही कार्यक्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले गोदावरी नगरपालिकाभित्र सञ्चालन हुने रामायण परीक्षा कक्षाको लागि सडक डिभिजनका मेकानिकल इन्जिनियर तथा गोदावरी नगरपालिका निवासी लक्ष्मण ऐरले शैक्षिक सामग्रीको व्यवस्था मिलाउने प्रतिबद्धता जनाएका छन्।
विश्व हिन्दू परिषद्को यो कार्यक्रम नेपालमै पहिलोचोटि धनगढीमा भएको समेत विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिले जनाएको छ।