धनगढी। विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समितिले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।
समाजिक कार्यमा अग्रसर विश्व हिन्दु परिषद्ले कैलालीको बर्दगोरिया गाउँपालिकाको सहयोगमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो। विशेषज्ञ डाक्टर सहित निःशुल्क रुपमा स्वास्थ्य शिविर आयोजना गर्न लागेको विश्व हिन्दु परिषद् नेपाल धनगढी नगर समिति अध्यक्ष महेन्द्र पन्तले बताए । स्वास्थ्य नै सबैभन्दा ठूलो धन रहेको र स्वास्थ्यमा ध्यान दिन सकेमा हरेक कार्य सम्भव रहेको अध्यक्ष पन्तले बताए ।
उक्त स्वास्थ्य शिविरमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा अशोक राज पन्त, हाडजोर्नीे तथा मेरुदण्ड विशेषज्ञ डा ज्ञानेन्द्र जोशी , पेट छाती मुटु तथा दमरोग विशेषज्ञ डा विकास रिजाल र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा जगदीश चन्द्र बिष्ट आउन लागेका हुन् ।
उक्त स्वास्थ्य शिविरमा भिडियो एक्सरे सेवा हाडजोनीे तथा मेरुदण्ड सम्बन्धी सेवा पेट छाती मुटु सुगर तथा दम रोग सम्बन्धी सेवा र स्त्री रोग तथा प्रसुति रोग सम्बन्धी निःशुल्क सेवा पाइने अध्यक्ष पन्तले बताए