विश्व हिन्दू परिषद्ले आयोजना गरेको आँखा शिविरमा ३ सय ६९ जनाले गराए आँखा परीक्षण 

धनगढी - विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेशले आयोजना गरेको एक दिने निःशुल्क बृहत आँखा शिविर सम्पन्न भएको छ। सामाजिक सेवाको कार्यअन्तर्गत परिषद्ले आयोजना गरेको आँखा शिविर कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १० को कार्यालय परिसरमा सम्पन्न भएको हो।

विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको समन्वय तथा लम्कीचुहा नगरपालिका वडा नम्बर १० को सहकार्यमा  र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा कैलालीको लम्कीचुहा नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविर बाट ३ सय ६९जनाले सेवा सुविधा लिएका छन्।

आँखामा समस्या भएका बिरामीहरूलाई मध्यनजर गर्दै विश्व हिन्दू परिषद् नेपालले कैलालीको लम्कीचुहा १० मा आयोजना गरिएको शिविरमा नेत्र ज्योति सङ्घ गेटा आँखा अस्पतालबाट नेत्र अधिकृत   लोक पुन  नेतृत्वमा ११ जनाको टोली खट्टिएको थियो।

गाउँ स्तरमा शिविर आयोजना हुँदा स्थानीय खुसी रहेका र विश्व हिन्दु परिषद् नेपालले आयोजना गरेको यो शिविर आगामी दिनमा समेत निरन्तरता दिने लम्कीचुहा नगरपालिका वडा नं १० का अध्यक्ष हर्क बहादुर कठरियाले  बताए ।

निःशुल्क अपरेसन  सहितको सेवा आँखा शिविरमा २ सय २८ जना महिला र १ सय  ४१ जना पुरुषले आँखाको परीक्षण गराएका छन् ।

परीक्षण गराउनेमध्ये  ९  जना पुरुष र १३ जना महिलालाई  मोतिबिन्दुको शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने बाँकी परीक्षण गराउने बिरामीहरूको सोही ठाउँमा सामान्य उपचारपछि घर फर्काइएको विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेश  अध्यक्ष महेन्द्रराज पन्तले जानकारी दिएका छन् ।

शिविर बिहान ९ बजेदेखि सञ्चालन भएर बेलुका ४.३०वजे सम्म नै चलेको थियो।

ad_wide