विश्व हिन्दू परिषद्ले आयोजना गरेको आँखा शिविरमा ३ सय ४२ जनाले गराए आँखा परीक्षण 

धनगढी -विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेशको समन्वय तथा पुनर्वास नगर समितिको आयोजनामा र गेटा आँखा अस्पतालको प्राविधिक सहयोगमा कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविर बाट ३ सय ४२ जनाले सेवा सुविधा लिएका छन्।

आँखामा समस्या भएका बिरामीहरूलाई मध्यनजर गर्दै विश्व हिन्दु परिषद् नेपालले कञ्चनपुरको पुनर्वास नगरपालिका ३ मा रहेको जनकल्याण माध्यमिक विद्यालयमा हिजो निःशुल्क अपरेसन सहितको आँखा शिविरको आयोजना गरेको थियो।

निःशुल्क अपरेसन  सहितको सेवा आँखा शिविरमा २ सय ४ जना महिला र १ सय ३८ जना पुरुषले आँखाको परीक्षण गराएका छन् ।

परीक्षण गराउनेमध्ये २४ जना पुरुष र २९ जना महिलालाई  मोतिबिन्दुको शल्यक्रियाका लागि सिफारिस गरिएको छ भने बाँकी परीक्षण गराउने बिरामीहरूको सोही ठाउँमा सामान्य उपचारपछि घर फर्काइएको विश्व हिन्दु परिषद् नेपाल सुदूरपश्चिम प्रदेश सम्भाग अध्यक्ष महेन्द्रराज पन्तले जानकारी दिएका छन् ।

शिविर बिहान ८ बजेदेखि सञ्चालन भएर बेलुकासम्म नै चलेकोथि यो।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM