बिहिबार, जेष्ठ ८, २०८२

विश्व हिन्दू परिषद् नेपाल धनगढी नगर समितिको बृहत स्वास्थ्य शिविर सम्पन्न

धनगढी। विश्व हिन्दू परिषद् नेपाल धनगढी नगर समिति स्थापनाको वार्षिक उत्सवको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका वडा न.१ मा रहेको दोदोधारा अस्पतालमा स्वास्थ्य शिविर आयोजना गरेको छ।

बढ्दै गरेको गर्मीको जनमानसमा परेको प्रभावलाई मध्यनजर गर्दै कैलालीको विकट मानिएको पालिका बर्दगोरियामा स्वास्थ्य शिविर आयोजना गरेको हो।

निःशुल्क स्वास्थ्य शिविरमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा अशोक राज पन्त, हाड जोर्नी तथा मेरुदण्ड विशेषज्ञ डा ज्ञानेन्द्र जोशी , पेट छाती मुटु तथा दमरोग विशेषज्ञ डा विकास रिजाल र स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा जगदीश चन्द्र बिष्टले सेवा दिएका थिए ।

बिहान ८ बजेदेखि सञ्चालन भएको उक्त शिविरबाट २८० जना महिला र १६४ जना पुरुष गरी ४४४ जना स्थानीयले सेवा लिएको आयोजकले जनाएको छ।

विश्व हिन्दू परिषद्ले आयोजना गरेको यो शिविर जनमानसको लागि सह्रानीय रहेको अनी आफूले यो शिविरबाट विशेषज्ञ सेवा प्राप्त गरेको र यस्तै शिविर बेलाबेलामा गर्न सकेमा दूरदराजमा रहेका स्थानीयले समेत सेवा पाउने स्थानीय देवेन्द्र ताम्राकारले बताए।
आफूले निःशुल्क रूपमा औषधि पाउँदा र निःशुल्क रुपमा चेक जाँच गर्न पाउँदा आफुलाई खुसी लागेको स्थानीय दीपिका चौधरीले बताइन् ।

विश्व हिन्दू परिषद्ले गरेको यो स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भएको र यस्तै स्वास्थ्य शिविर बेलाबेलामा आयोजना गर्न सकेमा प्रत्येक जनजनको घरघरमै स्वास्थ्य सेवा पुग्ने शिविरमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्ट डा अशोक राज पन्तले बताए ।

विश्व हिन्दू परिषद्ले आयोजना गरेको यो शिविर जनमानसको लागि सरानीय काम बेलाबेलामा गर्न सकेमा जनजागरणमा आस्था बढ्ने र आफ्नो गाउँपालिका र आफू सदैव यस्ता काममा अग्रसर रहने बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले बताए ।

स्वास्थ्य शिविरमा उपस्थित हुने सम्पूर्ण जनसमुदाय र डक्टरहरूलाई धन्यवाद दिँदै आफू अध्यक्ष भएको र कैलालीको धनगढीमा विश्व हिन्दू परिषद् नेपाल नगर समिति गठन गरिएको वर्षदिन पुगेको अवसरमा यो शिविर आयोजना गरेको विश्व हिन्दू परिषद् नेपाल धनगढी नगर समिति अध्यक्ष महेन्द्रराज पन्तले बताए ।

ad_wide