धनगढी- विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा हिन्दू धर्मको उत्थानमा परिषद्को भूमिका तथा धर्म रक्षानिधि विषयक प्रबुद्ध गोष्ठी कार्यक्रम सम्पन्न भएको छ।
विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय संगठन महामन्त्री मिलिन्द पाराण्डेयको प्रमुख आतित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सभाध्यक्षको रुपमा विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश सम्भाहक अध्यक्ष महेन्द्र राज पन्त रहेका थिए। कार्यक्रमको विशिष्ट अतिथि विश्वविन्दू परिषद् नेपालका केन्द्रीय सचिव प्रल्लाद कुमार रेग्मी रहेका थिए । कार्यक्रममा विश्वविन्दू परिषद् धनगढी उपमहानगरपालिका उपाध्यक्ष कर्ण जप्रेलले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा विश्व हिन्दू परिषद्को बारेमा तथा कार्यक्रमको बारेमा विश्व हिन्दू परिषद् नेपालका केन्द्रीय सचिव प्रल्लाद कुमार रेग्मीले प्रष्ट पारेका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पाराण्डेले पछिल्लो समय हिन्दू धर्मको सही प्रचार हुन नसक्दा हिन्दू धर्मावलम्बी तथा हिन्दू धर्मप्रेमीहरूलाई दोधारमा पार्ने अवस्था आएको र सोही अवस्थालाई सदुपयोग गर्दै धर्मान्तरण बढेको अवस्थामा हिन्दू धर्मको सही प्रसारप्रसार र अनुसरण गर्न स्वयं आफूबाट नै सुरु गर्नुपर्ने व्यक्त गरेका थिए । अहिले विश्वमा नेपाल र भारत मात्रै हिन्दू राष्ट्रको नामले चिनिँदै आएको र धर्मान्तरणको प्रभावको चपेटामा पर्दै गरेका दुवै राष्ट्रलाई हिन्दू राष्ट्र जोगाउन नसकेमा भविष्यमा धर्मान्तरणले अझ विकराल रूप लिने र सबैले आआफ्नो धर्मको संरक्षण गर्नु पर्ने पछिल्लो समयको आवश्यकता रहेको साथै हामीले आफ्नो धर्म संस्कार बिर्सिँदै जाने हो भने अबको पुस्ता संकटमा पर्नेमा उनले ब्याक्त गरे ।
यस्तै कार्यक्रमको समापनमा बोल्दै विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश सम्भाहक अध्यक्ष महेन्द्र पन्तले विश्व हिन्दू परिषद्ले धर्म जगेर्नाका साथै धर्म प्रचारप्रसारको काम गर्दै आएको र समाजसेवा पनि विश्व हिन्दू परिषद्को प्रमुख कार्य रहेको बताए । उनलाई विश्व हिन्दू परिषद् गठन भए पश्चात निःशुल्क स्वास्थ्य शिविर रक्तदान आँखा शिविर तथा विभिन्न समाजसेवाका कार्यहरू गर्दै रहेको प्रकाश पारे । उनले कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद दिँदै आगामी दिनमा समेत यस्तै साथ सहयोगको आशा रहेको व्यक्त गरेका छन् ।
कार्यक्रममा विभिन्न संघ संस्थामा आबद्ध झण्डै ४ सय जना बढीको उपस्थिति रहेको थियो। कार्यक्रममा भजन, शिवताण्डव नृत्य र योग साधना लगायतका प्रस्तुति समेत प्रस्तुत गरिएको थियो ।