हामी यस्तो समाजमा छौ जहाँ आफ्नो लागी भन्दा अर्काको लागी हामी बढी मेहनत गर्छौं, मान्छेको जन्म अनि मृत्यु मात्रै एक सत्य कुरा हो । जन्म पूर्व र मृत्युपश्चातको कुरा गर्नुभन्दा हामी यो बिचको एउटा कठिन यात्रा र हाम्रो साँघुरो सोचको बारेमा थोरै चर्चा गर्न मन लाग्यो ।
बिश्वमा थुप्रै महादेश र राष्ट्रहरु छन, हामी बिश्वको ०.०३% भुभाग ओगटेको एशिया महादेशको नेपाल राष्ट्रमा बसोवास गर्ने बिश्वका अन्य राष्ट्रहरुभन्दा छुट्टै संस्कार, आस्था, पहिचान, सस्कृती, भेषभुषा, छुट्टै किसिमको दैनिकी भएका नेपाली समाजका मानिसहरु हौं, छिमेकी दुईवटा शक्तिशाली राष्ट्र चिन र भारत जुन बिश्वकै १० शक्तीशाली राष्ट्रभित्र पर्दछन्, बिचमा नेपाली हामी छुट्टै र स्वाभीमानी साहसीपना भएका मानिसहरु हौं, हामी किन आफ्नो लागी सोच्ने समय निकाल्दैनौ, किन आफ्नो परिश्रमलाई सम्पतिमा रुपान्तरण गर्न सक्दैनौं, किन हामी तान्ने घचेट्ने काममा मात्रै सिमित छौं ।
हामी आफुलाई कसरी प्रगतिको उचाईमा देख्छौ, अर्कालाई आफुभन्दा कमजोर ठानेर, आफुभन्दा तल्लो दर्जा दिएर मात्रै । किन हामी आफ्नो भन्दा बढी अर्काको लागी बढी मेहनत गर्छौ, कि हाम्रो कर्मले अरुलाई सन्तुष्टी मिलेको छ अथवा छैन यो कुरा बुझ्छौ या बुझ्दैनौ । कहिलेकाँही लाग्छ म मात्रै फरक रहेछु त संसारमा होईन, राम्रो कुराको थालनी आफुबाटै गरौ ,समाज आफुबाटै बदल्न सकिन्छ । नेपालकै ईतिहास पढ्ने हो भने पनी कैयौं महपुरुषहरुले आफुबाटै राम्रो कामको थालनी गरेको देखिन्छ ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह को एउटा तस्बिर,एउटा हातको औंला ठाडो पारी हामी नेपाली एक हौं, नेपाल एउटै देश हो भन्ने सन्देश दिन्छ उहाँले पनी स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकत्रित गरी एउटै नेपाल देशको सृजना गरे र नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् । उहाँको कठिन संघर्षलाई हामी अहिले कागजको पानामा मसिले लेखेको मात्रै देख्छौ तर, अचम्म मलाई यो लाग्छ हाम्रो संस्कार नै बिग्रेको हो त होईन मुल कुरा त हाम्रो साँघुरो सोच अनी हाम्रो कुदृष्टी नै हाम्रो लागी शत्रु हो हामी राम्रो गर्न आफ्नो लागी भन्दा अर्काको लागी नराम्रो सोच्न हामिले बढी समय खर्च गरिरहेका हुन्छौ । व्यक्ती व्यक्ती मिलेर समाज बन्छ, व्यक्ती व्यक्तीको सोच बदल्ने हो समाज बदल्न समय लाग्दैन । समयको आफ्नै महत्व छ, यसलाई सकरात्मक लिँउ यसको सदैव सकरात्मक फाईदा उठाउँ ।