शनिवारे मेलाको पुर्व मन्त्रि देउवाले गरे अवलोकन

सुदिप थापा धनगढी- कैलालीको धनगढीमा शनिवारे मेलामा सुदूरपश्चिमका पुर्व भौतिक पुर्वाधार विकास मन्त्रि एवं प्रदेश सभा सांसद प्रकाश देउवाले अवलोकन गरेका छन् ।

महिलालाई स्वरोजगार बनाउन धनगढी उपमहानगरपालीकाले मंसरि १ गतेबाट प्रत्येक शनविार महिला लक्षति मेलाको आयोजना गरी रहेको छ । धनगढी उपमहानगरपालीका वडा नं. १ पार्क अगाडी शनिवार दिउँसो १ बजेदेखी साँझ ६ बजेसम्म मेला आयोजना हुदै आएको छ । शनिवारे मेलाको अवलोकनका क्रममा प्रदेश सभा सांसद प्रकाश बहादुर देउवाले धनगढीले राम्रो मेलाको आयोजना गरेको बताए । आफुसंग भएको सिपले आयआर्जन गर्न मद्धत पुग्ने उनले बताए । यसले हाम्रो स्थानिय परिकारको पनि प्रवद्र्धन हुनेमा उनले विश्वास व्यक्त गरे । यो कार्यक्रमले प्रत्येक्ष रुपमा रोजगारीको श्रृर्जना गर्ने उनले बताए ।

प्रदेश सरकारले संविधानले भने बमोजिम सवै किसिमका कार्यक्रमहरु समेटेर योजनाहरु बनाईएका हुन्छन् आगमी दिनमा यस्ता किसिमको कार्यक्रमहरु हेरेर स्थानिय सरकार र प्रदेश सरकार मिलेर कार्यक्रमहरु ल्याईने सासंद देउवाले बताए । खानेपानी, वद्यिुत्, शौचालय, स्टल तथा टेन्ट, टेबुल, कुर्सी, स्वास्थ्यकर्मीको टोली लगायत व्यवस्था धनगढी उपमहानगरपालकिाले गर्दै आएको छ । धनगढीमा स्थायी बसोबास गर्दै आएका मकिलाहरुले आफ्नो सीप अनुसारका सामाग्री तथा बस्तु बक्रिीवतिरण गर्न मेलाको आयोजना गरिदै आएको छ ।

यो बजारमा तपाइले जानेका परम्परागत खानेकुरा, सीपहरु, तपाइले उत्पादन गरेका बस्तुको विक्रिवितरण गर्ने, वभिन्नि संघरसंस्थाले दिएका तालिमबाट सीप पाएका महिलाहरुका लागी यो बजार लाग्दै आएको छ । सीप भएका महिलालाई घरमै बस्नुपर्ने बाध्यताको अन्त्य शनिवारे मेलाले गरेको छ । महिलाहरुले तयार पारेका अचार, ढकिया, माछा, पकौडी लगायत बस्तु बक्रिी गर्न पाउनेछन् । व्यवसाय सञ्चालन गर्दै आएका महलिालाई भने शनबिारको बजारमा स्थान दिईएको छैन । घरमा बस्दै आएका र सीप भएका महिलाहरुलाई निःशुल्क अवसर दिईरहेको धनगढी उपमहानगरले जनाएको छ ।

ad_wide