शिक्षण पेशा संगै कलाकारितामा भबिष्य खोज्दै गरेका दार्चुुलाका उपेन्द्र

दार्चुला । लामो समय देखि पढाइ सँगै रेडियो र नाट्य बिधामा कलम चलाउने दार्चुुलाको बिकट ठाउँ नौगाडगाउँपालिका वडा नम्बर-०३ जामिरमा जन्मेका उपेन्द्र सिंह ठगुन्ना अब गीत संगितमा पनी देखिने भएका छन्।

उनि सानै उमेर देखि देउडा र दोहोरी गीतमा रुचि राख्ने उपेन्दले अहिले खिचडी दार्चुला नामक युट्युब च्यानल मार्फत नाच्ची कन सुवा नामक गीत बजारमा ल्याएका छन्।

साहित्यिक यात्राको सुरुवात सँगै कोभिड १९ को समयमा उनले आफ्नो युट्युब च्यानल मार्फत विभिन्न नाट्य कृतिहरू प्रकाशनमा ल्याए । गायन क्षेत्रमा रुचि भएका ठगुन्ना विभिन्न विद्यालय तथा क्याम्पसका कार्यक्रमहरुमा लोक गीत गाउँदै हिँड्ने गर्थे ।

गायन सँगै उनी साहित्यमा पनि उतिकै पोक्त रहेका छन्। साहित्यिक यात्रा साथै गीत संगीतमा छुुट्टै पहिचान बनाउन सफल ठगुन्ना हाल आफ्नै गाउँको ताराकोट भवानी आधारभूत विद्यालयमा शिक्षण पेशामा छन् ।

लामो समय देखि रेडियो सारथिमा गित गाउदै गरेका ठगुन्नाको अहिले  नाच्ची कन सुवा गीत बजारमा आएको छ । जुुन गीतमा दीपा रोकाया, सन्तोष लुहार र चन्द्र कार्कीको स्वर रहेको छ भने गीतमा लय र शब्द स्वयंम ठगुुन्नाको रहेको छ ।

नाच्ची कन सुवा गीतलाई दर्शकको अपार माया पाउँदा आफुुलाइ गीत संगीत तिर झन उत्साहित बनाएको ठगुन्नाले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM