शिक्षामा प्रगतिको वाटोमा धनगढीको दुन ऐकेडेमी

धनगढी- धनगढीको दुन ऐकेडेमीमा‌‌ अतिरिक्त क्रियाकलापलाई महत्व दिईने र शान्त वातावरणमा विध्यार्थीको पढाई हुने गरेको छ ।

दुन ऐकेडेमी धनगढीको भन्सार रोड, वडा नं. ३ मिलनचोमा अवस्थित छ । दुन ऐकेडेमी प्रगतिको वातावरणमा तिर लम्की रहेको र यस विध्यालयमा खेलका साथै अतिरिक्त क्रियाकलापको माध्यमवाट पढाई हुने भाईस प्रिन्सिपल निर्मल अर्याल बताए ।

विध्यालयमा स्मार्ट वोर्डको माध्यम वाट पढाईहुने गरेको छ । विध्यालयमा अनुभवी शिक्षक, शिक्षिका रहेको र विध्यालयमा अंग्रेजी वातावरण वनाईएको छ । विध्यालयमा विध्यार्थीले राम्रो शिक्षा पाईरहेको भाईस प्रिन्सिपल अर्यालले बताए ।

विध्यालयमा फुटवल, क्रिकेट, टेनिस, व्यटमिटन लगाएतका अतिरित खेलहरु खेलाउन सफल भएकोे दुन ऐकेडेमीका स्पोर्ट इन्चार्ज श्याम मुखिया बताए ।

पारिवारिक वातावाणमा पढाई हुने, विध्यार्थीलाई आफ्नो सन्तती सरह पढाईने गरेको कक्षा ८ मा अध्यनरत छात्रा बविता चौधरीले बताईन ।

मेरो लागी मेरो विध्यालय अतिनै राम्रो भएको कक्षा ८ मा अध्यनरत छात्रा आयुसा थापा मगर बताईन । विध्यालयको बतावरण एकदमै राम्रो र गुरुवर्गहरुले पनि राम्रो शिक्षा दिने उनले बताईन्

गत वर्ष नगर स्तरिय कविता प्रतियोगिता गरेको दुन ऐकेडेमीले आगामी दिनमा साहित्य क्षेत्रमा रुचि जगाउने कार्यक्रमहरु निरन्तर रुपमा ल्याईने विध्यालयले जनाएको छ ।

अहिले प्राईमरी लेभवमा ऐसी सहितका कक्षाहरु सञ्चालन भई रहेको छ, आगामी दिनमा भौतिक संरचनालाई पुर्ण रुपमा आधुनिक सुविधा सम्पन्न बनाइने योजना रहेको विध्यालयका प्र.अ आर पि उपाध्यायले बताए । विध्यालयको सुन्दर पक्ष हेर्नका लागि विध्यालय समयमा विध्यालय अनुगनम गरिदिन हुन उनले बताए । आगामी दिनमा कक्षा १० सम्मको पढाई सञ्चालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए । २०८० सालको नगरपालिका स्तरिय परिक्षामा कक्षा ८ को ७६ प्रतिशत नतिजा रहेको विध्यालयका प्र.अ आर पि उपाध्यायले जानकारी दिए ।

ad_wide