शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चलाउँछन् ३ लाख ६३ हजार बढीको फोन

दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकाबाट भ्रष्टाचारको पराकाष्ठा सार्वजनिक भएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार शैल्यशिखर नगरपालिकाबाट भ्रष्टाचारको पनि नमूना सार्वजनिक भएको हो । महालेखा परीक्षकको आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदन अनुसार शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृतले एउटै मोवाइल फोन खरिदमा साढे तीन लाख बढी खर्च गरेका छन् ।

कानुनको धज्जी उडाउदै नागरिकले तिरेको करको दुरुपयोग गरी प्रमुख प्रशासकीय अधिकृतले ३ लाख ६३ हजार ८ सय ६३ रुपैयाँ पर्ने  (Redmi note 9 Pro 6/128) मोवाइल खरिद गरेका हुन् । मोवाईल गत वर्ष खरिद भएपनि भुत्तानी यस वर्ष भएको छ । स्थानीय तहका पदाधिकारीको सुविधासम्बन्धी ऐन, २०७५ मा पालिका पदाधिकारीहरुलाई संञ्चार खर्च उपलब्ध गराउने व्यवस्था भएपनि मोवाईल उपलब्ध गराउने व्यवस्था नभएको महालेखा परीक्षकको प्रतिवेदनमा प्रस्ट लेखिएको छ ।

पालकिा वा नगरपालिकाका कर्मचारीहरुलाई पनि यस्तो खर्च उपल्बध भएको देखिएको छैन । तर शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतले नियम कानुनको धज्जी उडाउँदै मोबाईल खरिद गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा मोवाईल खरिद गर्ने अधिकृतको नाम भने उल्लेख गरिएको छैन । प्रमुख प्रशासकीय अधिकृतले ३ लाख ६३ हजार ८ सय ६३ रुपैयाँमा खरि गरेको  (Redmi note 9 Pro 6/128)को बजार मूल्य भने हाल पनि २९ हजार ९ सय ९९ छ । यसरी कानुनी व्यवस्था विपरित गरिएको खर्चलाई महालेखाले समेत भ्रष्टाचार ठहर गरेको छ । यसै कारण अहिले सामाजिक सञ्जालमा शैल्यशिखर नगरपालिकाको चर्काे आलोचना भइरहेको छ ।

ad_wide