श्रीमानले छोडेर हिडेपछि न्यायको खोजीमा भौतारिरहेकी जानकी

शेरबहादुर ऐर धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ की जानकी र दिपक खैरबिच २०५७ सालमा विवाह भयो । सुरुवाती सम्बन्ध सुमधुर रहेपनि अहिले जानकी श्रीमान दिपक र ससुरा रोहित खैरको हिँसाबाट पिडित छिन् ।

घरेलु हिँसाकै मुद्दामा दिपक र ससुरा रोहितलाई छ महिना कारागार भएको थियो । जिल्ला अदालतमा मिलापत्रपछि कारागारबाट छुटेपनि दिपक र रोहितको व्यवहारमा कुनै सुधार नभएको जानकी बताउँछिन् ।

‘वैवाहिक सुरुवातीमा हाम्रो सम्बन्ध सुमधुर रहेतापनि समय–समयमा रोहित प्रसाद खैरले गाली बेइज्जत गर्न लागे । बुवाकै कुरा सुनेर श्रीमान दिपकले ममाथि कुटपिट गर्ने, गालीगलौज गर्ने, अनावश्यक पिडा दिने जस्ता कार्य गर्न थाले’ जानकीले दैनिकजसो श्रीमान र ससुराबाट भएको हिँसा सुनाउँदै भनिन् –‘मैले श्रीमान र ससुराविरुद्ध अदालतमा घरेलु हिँसाको मुद्दा दर्ता गरे । पछि अदालतमा मिलापत्र भयो । मिलापत्रमा सर्तहरु पनि थिए ।’

कैलाली जिल्ला न्यायधिश डल्लुराम चौधरीको इजलासमा २०८० साल माघ ८ गते बहसपछि मिलापत्र गराइएको थियो । सो मिलापत्रमा भनिएको छ –‘अबदेखि म दिपकले जानकीलाई नानाथरीका आरोपहरु लगाउने, अनाहकमा नाना प्रकारका विवाद सृजना गर्ने, कुटपिट, गाली बेइज्जत गर्ने, मार्ने धम्की दिने जस्ता घरेलु हिँसाजन्य कार्यहरु नगर्ने र आफनो छोराछोरीहरुलाई लालन पालन गर्ने सर्त मान्दछु ।’

अदालतमा मिलापत्र भएपछि अहिले दिपक आफ्नो दोस्रो श्रीमतीसंग छन् । दिपकलाई छोराछोरीको लालनपालन गर्ने सर्तमा मिलापत्र गर्न सहमति भएकी जानकीसंग अहिले दिपकको सम्पर्क हुँदैन् । उनले भनिन –‘घरमा ताला लगाएको छ । म एक कोठामा बस्दै आएकी छु । अब म सहित छोराछोरी सडकमा बस्नुपर्ने स्थिति आइरहेको छ ।’

जानकी र दिपकबिच बझाङमा विवाह भएको थियो । २०६० सालतिर धनगढीमा बसाइसरेको उनी बताउँछिन् । जानकीको दुई छोरी र एक छोरा छन् । एक छोरी अहिले थप अध्ययनका लागि जापान गएकी छिन् भने एक छोरी र छोरालाई कसरी पढाउने भन्ने उनले चिन्ता व्यक्त गरिन् । ‘घरमा पालेको एक गाइको दुध बेचेर जिविकोपार्जन भइरहेको छ । छोरीलाई जापान पठाउन ऋण निकालेको छु’ उनले भनिन –‘छोराहरुको विद्यालयको शूल्क कहाँबाट तिर्ने र छोरीलाई जापान पठाउन निकालेको ऋण कसरी तिर्ने भन्ने समस्या छ । श्रीमानको हालखबर पनि थाहा छैन् ।’

श्रीमानले छोराछोरीको लालनपालनमात्र नभई आफनो नाममा जग्गासमेत नराखेको बताउँदै –‘यहाँ भएको जग्गा श्रीमान र ससुराले आफनो नाममा गरिरहेका छन् । श्रीमान अर्को श्रीमतीसंग बस्दै आएको छ ।’ दिपककी अर्की श्रीमती हुन गंगा थापा खैर । उनीसंग वैवाहिक सम्बन्ध गाँसेको धेरै वर्ष पनि भएको छैन् । उनले भनिन –‘बहुविवाह गर्न नपाउने कानुनी व्यवस्था छ । तर, मेरो श्रीमान अहिले पनि अर्को श्रीमतीसंग बस्छ । म न्याय माग्न कहाँ जाउँ ।’

उनले भनिन –‘दिपकले यी छोराछोरीहरु मेरो सन्तान होइन पनि भन्न सक्दैन । लालनपालनमा पनि ध्यान दिँदैन् । मैले कति सहु ।’ श्रीमान अर्कै श्रीमतीसंग भएपनि जानकी र दिपकबिच सम्बन्ध विच्छेद भएको छैन् । न त जानकीले बहुविवाहकै मुद्दा अदालतमा दर्ता गराएकी छिन् ।

यस विषयमा श्रीमान दिपकसंग कुराकानी गर्न खोज्दा उनको सम्पर्कविहिन छन् । श्रीमान दिपकले अदालतमा श्रीमती जानकीले ससुरासंग अनाहकमा अमार्यादित शब्द बोल्ने, काम राम्रोसंग नगर्ने लगायतको बयान दिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
WhatsApp Image 2024-10-09 at 9.45.27 AM