बुधबार, जेष्ठ १, २०८२

श्री मालिकार्जुन दार्चुला सेवा समिति एक परिचय :

यस सेवा समितिकाे स्थापना वि. सं. २०६५ सालमा भएकाे हाे । यस समितिकाे भवन धनगढी उपमहानगरपालिका वा. नं. – ५ तारानगर (चित्रकुट) मा उत्तरबेहडी पुलकाे उत्तर तिर छेउमै रहेकाे छ । एक कठ्ठा केही धुर क्षेत्रफल ओगटेकाे यस सेवा समितिकाे भवनमा तल याेगा हल र शाैचालय, बिचमा कार्यालय र शाैचालय, माथि दाेस्राे तल्लामा सेमिनार हल, शाैचालय र भण्डार काेठा रहेका छन् । भवनकाे पूर्वपट्टी भूँईतलामा सडकसँगै जाेडिएकाे सटर रुम जाेडिएकाे छ । जसमा हाल किराना पसल सञ्चालनमा रहेकाे छ ।

जग्गा दान गर्नेदेखि भवन निर्माणमा विशिष्ट व्यक्तिहरू, स्थानीय निकाय, प्रदेश र संघीय सरकार तथा आजीवन सदस्यहरूकाे महत्त्वपूर्ण भूमिका रहेकाे छ । स्थापनाकालदेखि नै यस संस्थाले सेवामूलक सामजिक कार्यहरू गर्दै आइरहेकाे छ । यस संस्थामा दार्चुला मूल थलाे भई हाल कैलालीका विभिन्न क्षेत्रमा बस्दै आउनु भएका शिक्षक, वकिल, प्राध्यापक, चिकित्सक, उद्योगी, व्यापारी, कर्मचाारी, कृषक, आमनागरिक लगायत प्राय: दार्चुलाका सबै नाै वटा स्थानीय तहका व्यक्तिहरूकाे आवद्धता रहेकाे छ ।

करिब ४०० भन्दा बढी यस संस्थामा आजीवन सदस्यहरू छन् । स्थापनाकालदेखि नै यस संस्थाले प्राकृतिक तथा दैवीप्रकोपमा परेकाहरूलाई राहत संकल तथा आर्थिक सहयाेग, रक्तदान कार्यक्रम, लाेकसेवा तथा शिक्षक सेवा आयाेगका तयारी कक्षाहरू नि:शुल्क रुपमा सञ्चालन गर्दै आइरहेको छ । यसका अलावा विभिन्न सचेतनामूलक कार्यक्रम, जनचेतनामूलक कार्यक्रम, सरसफाइ कार्यक्रम, याेगा, विरामीहरूलाई सेती प्रादेशिक अस्पतालमा बेलाबेलामा फलफूल वितरण तथा अन्य आर्थिक सहयोग गर्दै आइरहेको छ ।

यस संस्थामा दार्चुला मूलघर भई कैलालीमा बसाेबास गर्दै आएका केही व्यक्तिहरूले आफ्नाे मान्छेकाे ब्रह्मलीन आत्माकाे चीर शान्तिकाेलागि सम्झना स्वरुप अक्षय काेष स्थापना गरेकाे छ । जसबाट प्राप्तहुने वार्षिक लाभांश रकम विद्यालयका गरिब जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । केही वर्षयता यस संस्थाले रक्तदान कार्यक्रमलाई पनि निरन्तरता दिदै आएकाे कार्य प्रशंसनीय छ । नयाँ वर्ष २०८२ काे पूर्व सन्ध्यामा यसपालि पनि समितिले मिति २०८१ चैत्र – २३ गते शनिबारका दिन नयाँ वर्षकाे शुभकामना आदानप्रदान, भित्ते पात्राे विमाेचन सहित रेडक्रस कैलालीको सहकार्यमा ९ औं वृहत् रक्तदान कार्यक्रमकाे आयाेजना गर्न गइरहेको छ ।

समितिकाे आयाेजनामा रगत संकलन गरिए पनि संकलित रगत रेडक्रस धनगढीमा जम्मा हुने र देशैभरीका जाे काेहिलाई पनि रेडक्रसले उपलब्ध गराउने हुँदा सम्पूर्ण विद्यार्थीहरू, आम नागरिक तथा रक्तदाताज्यूहरूमा रक्तदान कार्यक्रममा सक्रिय सहभागीभई आफ्नाे रक्तचाप परीक्षण, रगत समूह थाहा पाउनु हाेस र एकथाेपा रगतले कसैकाे ज्यान बच्न सक्छ भने रगत दानगरि पुण्य कमाउन हार्दिक अनुराेध गर्दछु । साथै आउँदै गरेकाे २०८२ काे हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु चैत्र – २३ शनिवार !
 

मान सिंह धामी (भाैनबाटी)
माालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गाेठ्युडी (काेटबुङ्गा)
दार्चुला

ad_wide