शान्ती प्रसाद जोशी धनगढी– हाम्रो देशको दूरसञ्चार बिकासित हुुँदा दूरसञ्चार ऐन भने पुरानै हुनाले समस्या भएको र निति निर्माण गर्दा सञ्चार क्षेत्र पछाडि पर्न गएको र यो क्षेत्रलाई उकास्न आफनो प्रयास रहेको सूचना तथा सञ्चार प्रबिबि मन्त्री रेखा शर्माले बताइन ।
आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले आफ्नो मातहतको मन्त्रालयमा नियमकानुन पुरानो भएका कारण हालको परिवेश अनुसार काम गर्न असहज भएको र आफ्नै कार्यकालमा यसलाइ संसोधन गर्ने प्रयास रहेको उनले बताइन ।
उनले भनिन ‘‘ रहर बाध्यता तथा बिभिन्न कारणवश सञ्चार क्षेत्रमा प्रवेश गर्ने पत्रकार तथा अन्य सञ्चार क्षेत्रमा प्रवेश गर्ने ब्याक्तिलाइ कसरी सो क्षेत्रमा टिकाउने तथा त्यो क्षेत्रको वारेमा उपयुक्त ज्ञान दिन जरुरी रहेको र सञ्चार क्षेत्रलाई मर्यादित बनाउने आफ्नो प्रयास रहेको छ ’’ सञ्चार क्षेत्रले अहिले उत्कृष्ट रहेको तर केही सञ्चार माध्यम र सञ्चारकर्मीका कारण पुरै सञ्चार जगत नै बदनाम हुन पुगेको मन्त्री शर्माले ब्याक्त गरिन ।
२०५३ को दूरसञ्चार ऐन अन्तरगत हाल काम गर्नु पर्दा सोचेको जस्तो परिणाम आउन नसकेको समेत उनले बताईन । उनले सरकारले व्यवस्थित रुपमा ऐन कानुनहरूलाई परिमार्जन गरेर सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित गरी मुलुकको अर्थतन्त्रको महत्त्वपूर्ण आधार बन्ने बताइन। मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले आवश्यक कानुन निर्माणका लागि तत्काल संसद्मा पेस गर्ने तयारी गरिरहेको उल्लेख गर्दै त्यसका लागि सुझाव दिन पनि सम्वद्ध सबै पक्षलाई आग्रह गरिन्। नेपाल सरकारले सूचना प्रविधिको क्षेत्रमा हामीले गर्नुपर्ने लगानी, हामीले गर्नुपर्ने सहयोग, हामीले गर्नुपर्ने कुराहरु के–के हुन्छन् भन्ने कुरामा पनि एउटा छलफल जरुरी रहेको समेत उनले उल्लेख गरिन् ।