सडक बत्तीमा रमाउँदै नगर प्रमुख हमाल, चौडा सडकका घुम्ती र साँघुरो पुलले निम्त्याउँदै सवारी दुर्घटना

शेरबहादुर ऐर/धनगढी– फागुन ९ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १२ स्थित कम्पनि टोलमा मोटरसाईकल दुर्घटना हुँदा २६ वर्षिय र ५५ वर्षिय पुरुष घाइते भए । साँघुरो तथा कालोपत्रे सडकमा मोटरसाईकल अनियन्त्रित भई सो सवारी दुर्घटना भएको थियो ।

फागुन ७ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १ शिवनगरस्थित मोटरसाईकलले ठक्कर दिँदा ३९ वर्षिय पुरुष घाइते भए । चौडा सडकमा पर्ने साँघुरो कल्र्भट रहेको छ ।

फागुन ४ गते धनगढी उपमहानगरपालिका १ जिल्ला प्रहरी कार्यालयको पुल अगाडि से ५ प ५६५८ नम्बरको स्कुटी आफै अनियन्त्रित भई पल्टिदा ३० वर्षिय पुरुष घाइते भए । निर्माणाधिन सडकमा साँघुरो पुलका कारण मोटरसाईकल अनियन्त्रित बन्न पुगेको थियो ।

फागुन ३ गते धनगढी उपमहानगरपालिका वडा नम्बर १३ झलारी गाउँस्थित स.ुप.प्र.०१०११ प.६९४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आफै पल्टिदा २५ वर्षिय युवक घाइते भए ।

माथि उल्लेखित धनगढीमा भइरहेको सवारी दुर्घटनाका प्रतिनिधिमुलक उदहारण हुन । धनगढीसंग जोडिएको प्रमुख मार्ग छ लेन सडक, ट्राफिक चौराहदेखि क्याम्पस रोड, शहिदगेटदेखि क्याम्पस रोड र हुलाकी सडक छन् । यीनै सडकसंग जोडिएका सहायक मार्गको घुम्तीमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ ।

धनगढीको ट्राफिक चौराहदेखि कैलाली पुलसम्मको सडक कालोपत्रे भइसकेको छ भने कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक निर्माणाधिन अवस्थामा रहेको छ । चौडाई भइरहेको यस सडकमा पर्छन कैलाली पुल, रातोपुल, सेतोपुल तर, यी पुलहरु सडकको चौडाई अनुसारका छैनन् । साँघुरो पुलका चौडाई सडक निर्माणाधिन अवस्थामा रहेकाले मानिसलाई आवतजावत गर्दा सवारी दुर्घटनाको भयमा हुन्छन् । धनगढीका स्थानीयहरु भन्छन् –‘मुख्य सडक निर्माणाधिन अवस्थामा रहेकाले गन्तव्यमा जाँदा कहाँ सवारी दुर्घटना पर्छ भन्न सकिदैन् ।’

छैन ट्राफिक चिन्ह

धनगढीको शहिदगेटदेखि क्याम्पस रोडसम्मको सडक कालोपत्रे भइसकेको छ । तर, सडकका दायाँबायाँ ट्राफिक चिन्हहरु छैनन् । सो सडकसंग जोडिएका सहायक मार्गका घुम्तिमा सवारी साधन द्रत गतिमा भई अनियन्त्रित हुँदा सवारी दुर्घटनाको जोखिम हुने गरेको छ । तर, धनगढी उपमहानगरपालिकाले सवारी दुर्घटनाका जोखिम क्षेत्रहरु पनि पहिचान गर्न सकेको छैन् ।

धनगढीमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरणका योजना पनि उपमहानगरपालिकाले बनाउन सकेको छैन् । ट्राफिक प्रहरी कार्यालयले विगतमा साँघुरो सडक र जथाभावी सवारी राख्दा दुर्घटना हुने गरेको जनाउँथ्यो । तर, अहिले सडक चौडाई भएपनि सवारी जथाभावी राख्नु, निर्माणाधिन सडक, कल्र्भट तथा पुलहरु चौडाई नहुनु, उपमहानगरपालिकाले सवारी दुर्घटनाका जोखिम क्षेत्र पहिचान नगर्नु लगायतका समस्या रहेको जनाएको छ ।

ट्राफिक प्रहरीले मदिरा सेवन गरेर सवारी चल्न नदिने, ओभर लोड गाडि नियन्त्रण गर्ने, सवारी चालक पत्र बिना सवारी चलाउन नदिने, ट्राफिक सचेतना लगायतका कार्यहरु रहेको छ । तर, ट्राफिक चिन्ह, सवारी दुर्घटना न्यूनिकरणका योजना, पुर्वाधार निर्माण लगायतका कार्य स्थानीय तहहरुले गर्नुपर्ने व्यवस्था रहेको छ ।

छैन साँघुरा पुल निर्माणका योजना

धनगढीका सडकहरु निर्माणाधिन अवस्थामा रहेपनि सडकमा पर्ने पुलहरुको निर्माण गर्ने तयारी उपमहानगरपालिकामा छैन् । धनगढीका इन्जिनियर द्धिजराज भट्टले भने –‘अहिले सडक निर्माणाधिन अवस्थामा रहेका छन् । बजेट अभाव भएका कारण पुलहरु निर्माणको तयारी छैन् । बजेटको सुनिश्चितता गर्ने तयारीमा छौं ।’

उनले बजेट अभावकै कारण पुल, कल्र्भट निर्माणको तयारी उपमहानगरपालिकाले गर्न नसकेको बताए ।

सडक बत्तीमा रमाउँदै नगर प्रमुख

गोदावरी नगर क्षेत्रको सीमा कटेपछि सुरु हुने उपमहानगर क्षेत्रको प्रवेशद्वारमा ४८ वटा ‘फ्लड लाइट’र करिब पाँच सय मिटरमा ‘स्ट्रिप लाइट’ जडान गरी प्रवेशद्वारालाई झकिझकाउ पारिएको छ । यस्तै मोहनापुल नजिकको भन्सार प्रवेशद्वारमा २० वटा ‘फ्लड लाइट’ र पाँचसय मिटर ‘स्ट्रिप लाइट’ जडान गरिएको छ ।

उपमहानगर क्षेत्रका चोकमा ३० वटा ‘हाइमास्ट लाइट’ जडान भएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालयको सहयोगमा विभिन्न सडकमा पाँच सय ५३ वटा ‘स्ट्रिट लाइट’ जडान भइसकेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले रु ८० लाख लागतमा स्ट्रिप लाइट जडान गरिरहेको छ । धनगढीको ट्राफिक चोकदेखि विमानस्थल जाने बाटोसम्मका ‘स्मार्ट स्ट्रिट लाइट’को कामबाहेक जडान भएका अन्य लाइट उपमहानगरपालिकाले आफ्नै खर्चमा जडान गरेको जनाइएको छ ।

उज्यालो धनगढी अभियानअन्तर्गत उपमहानगरपालिकाका सबै १९ वडामा बत्ती जडान गर्ने योजना रहेको जनाएको छ । धनगढीको मुख्य सडक र केही सहायक सडकमा सडक बत्ती भएपनि भित्रि सडकहरु अन्धकार जस्तै रहेको छ । जसका कारण रातीको समयमा सवारी दुर्घटनाको जोखिम ति सडकमा भइरहन्छ ।

ad_wide