सनराइज टिभी न्युजले गर्याे पत्रकार महासंघ कैलाली शाखामा नवनिर्वाचित कार्यसमितिलाई सम्मान

धनगढी- नेपाल पत्रकार महासंघ कैलाली शाखामा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान कार्यक्रम सँगै स्वागत गरिएको छ ।

सनराइज टिभी न्युज द्वारा आयोजित एक समारोह बीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको हो। यही मङ्सिर २८ गते भएको पत्रकार महासङ्घको निर्वाचनमा कैलाली शाखामा निर्वाचित हुने सम्पूर्ण पत्रकारहरूलाई धनगढी चटकपुरमा रहेको जियान होटलमा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रमको अध्यक्षता सनराइज टिभी न्युजका अध्यक्ष उत्तम थापाले गरेका थिए । कार्यक्रममा पत्रकार महासङ्घ केन्द्रीय परिषद् सदस्य दीपकराज उपाध्याय, दिलाजंग शाही, कैलाली शाखा अध्यक्ष श्रवण देउवा, उपाध्यक्ष विराज रोस्यारा भावना जोशी तेजराज भट्ट शंकर बोहरा निराजन परियार सुनिल आउजी बालकृष्ण ओझा कैलाश जोशी दिनेशबहादुर बिष्ट गगन अइडी वीरेन्द्र शाह लोकुसिंह ठकुरी रतनलाल चौधरी चन्द्रप्रसाद खनाल अनिता चौधरी विवेक नागरी सुदराम दहित टेक सिंह धामी जगत जैगढी योगेन्द्र नायक रमेश ऐडी लगायतका पत्रकारहरूको सहभागिता रहेको थियो।

सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई सनराइज टिभी न्युजका अध्यक्ष उत्तम थापा र कार्यकारी निर्देशक दीप श्रेष्ठले खादामाला र सम्मानपत्र सहित सम्मान गरेका हुन ।

सम्मान कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ कैलाली शाखाका नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले सनराइज टेलिभिजनले गरेको यो स्वागत र सम्मान अविस्मरणीय रहने र आगामी दिनमा पत्रकार महासङ्घ कैलाली शाखाबाट हुने सम्पूर्ण सहयोगका लागि आफू तयार रहेको बताए। उनले पत्रकार महासङ्घ कैलालीको नवनिर्वाचित कार्यसमिति पूर्ण जोश जागरका साथ पत्रकारहरूको हक हितमा रहने र सुशासन निष्पक्षतासहितको पत्रकारितामा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै कार्यक्रममा सनराइज टिभी न्युजका अध्यक्ष उत्तम थापाले पत्रकारिताको धर्मलाई निभाउँदै पत्रकारिता गर्दै आएका पत्रकारहरूको हक हितमा नवकार्य समितिले बोल्ने र नयाँ आउने पत्रकारहरूलाई कसरी अगाडि बढ्ने र व्यावसायिक पत्रकारिताबारे ज्ञान समेत नयाँ कार्यसमितिको तर्फबाट दिशा निर्देश हुने आफ्नो आशा रहेको व्यक्त गरेका छन्।

ad_wide