सन्तनिरंकारीद्धारा सरसफाई

धनगढी– कैलालीको गोदावरी नगरपालिकास्थित अर्याघाटमा सरसफाई गरिएको छ । सन्त निरंकारी मण्डल नेपालको आयोजनामा ‘परियोजना अमृत स्वच्छ जल, स्वच्छ मन, स्वच्छता अभियान, राष्ट्रलाई योगदान’ भन्ने मूल नाराका साथ सरसफाई कार्यक्रम गरिएको हो ।

प्रदूषण भित्र होस् या बाहिर दुवै हानिकारक हुन्छ मान्यता राख्दै मण्डलले गोदावरीको आर्यघाटसहित कैलालीका विभिन्न स्थानमा सरसफाई कार्यक्रम अघि बढाउने जनाएको छ ।

कार्यक्रममा दुई सय भन्दा बढी मानिसहरुको उपस्थिति रहेको थियो । जहाँ ती मानिसहरूले सो इच्छा अनुसार ‘सेवा नै धर्म हो’ भन्ने विचारमा सेवा गरे ।

सन्त निरंकारी मण्डल नेपालका चारवटा युनिटको साझेदारीमा सो कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

चारवटा युनिटमध्ये अतरिया युनिटमा आठ सय २९, धनगढी युनिटमा एक हजार नौ सय ५७, ओलानी युनिटमा आठ सय ३१ र मसुरिया युनिटमा एक हजार छ सय ६४ गरी ४ युनिटको साझेदारीमा कार्यक्रम गरिएको जनाइएको छ ।

ad_wide