सभापति लामिछानेलाई कानुन अनुसार कारबाही हुन्छः नेपाली काँग्रेस सभापति देउवा

धनगढी– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कानुन अनुसार कारबाहि हुने बताएका छन् ।

गृह जिल्ला डडेल्धुराका विभिन्न कार्यक्रममा सहभागि हुन आइतबार धनगढी पुुगेका देउवाले धनगढी विमानस्थलमा सञ्चारकर्मीसंग कुुराकानी गर्दै सभापति लामिछानेलाई संसदिय छानविन समितिको प्रतिवेदनका अनुसार पक्राउ गरिएको बताएका हुन् ।

‘रवि पक्राउका विषयमा विरोध गर्नुको औचित्य छैन् । संसदिय छानविन समितिको प्रतिवेदनका आधारमा लामिछाने पक्राउ परेका हुन’ उनले भने –‘राजनीतिक दलका नेताहरु पनि विभिन्न मुद्दामा पक्राउ परेर कारबाहिको दायरामा रहेका छन् ।’

उनले अस्थिरताको अन्त्य गर्न वर्तमान समिकरण बनेको बताए । उनले भने –‘सरकारलाई कमजोर पार्ने खालले सरकार ढल्छ भन्ने गलत हल्ला फैलाइएको छ । वर्तमान समस्या र स्थिर सरकार बनाउन अहिलेको समिकरण बनेकाले पुरै कार्यकाल निरन्तरता पाउँछ ।’

आज धनगढी पुगेका देउवा भोली (सोमबार) गृह जिल्ला जानेछन् । एक हप्ताको कार्यतालिका बनाई धनगढी पुुगेका देउवा भोलीदेखि डडेल्धुराका विभिन्न पालिकामा आयोजना हुने भेला, भेटघाट, पालिकास्तरिय छलफल लगायतका कार्यक्रममा सहभागि हुने छन् ।

देउवाले भोली (२६ गते) आलिताल र परशुराम गाउँपालिका, २७ गते गन्यापधुरा गाउँपालिका, २८ गते जिल्ला कार्यसमिति बैठक र पालिका स्तरिय भेटघाट, २९ गते विभिन्न भेटघाट कार्यक्रम, ३० गते गते गन्यापधुरा १ रुवाखोला र १ गते उग्रतारा मेलामा सहभागि हुने कार्यतालिका रहेको छ ।

ad_wide