सनराईज टिभिन्युज
काठमाडौँ – फिल्म ‘बलिदान’ले रिलिज मिति घोषणा गरेको छ । निर्माण युनिटले अभिनेता समिर भट्ट समेटिएको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति २०८२ सालको फूलपाती ९असोज १३० घोषणा गरेको हो ।
समिरका दुई पोष्टर सार्वजनिक गरिएको छ । जसमा नेपालको सार्वभौम भूमिमा भइरहेको शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरूको विरुद्धको समिर सङ्घर्षमा केन्द्रित रहेको पोष्टरले बुझाउँछ ।
फिल्मका निर्देशक सन्तोष सेन हुन् । फिल्ममा समिरका अलवा सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मको सङ्गीत आर्टमान्डु टिमको सहकार्यमा तयार पारिएको छ । गायक सुजन चापागाईँ, गीतकार हर्क साउद र निर्देशक नवीन चौहान सहितको समूहले गीत, ब्याकग्राउन्ड म्युजिक र अन्य साङ्गीतिक पक्षमा काम गरेका छन् ।
‘आसुसेन फिल्म्स् प्रा।ली’को प्रस्तुति रहेको फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा छन् ।