समृद्ध नेपाल बनाउन सुदूरपश्चिम सरकार प्रतिवद्ध–मुख्यमन्त्री शाह

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समृद्ध नेपाल बनाउन सुदूरपश्चिम सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रजातन्त्र दिवसमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री शाहले लोकतन्त्रले ल्याएको सुन्दर व्यवस्थालाई जनमैत्री र मजबुत बनाउन सरकार स्पष्ट रुपमा लागेको बताएका हुन । ‘लोकतन्त्रले ल्याएको यो सुन्दर व्यवस्थालाई जनमैत्री र अझै मजबुत बनाउन स्पष्ट रुपमा प्रदेश सरकार दृढ संकल्पका साथ अघि बढीरहेको छ’ उनले भने –‘वर्तमान शासन व्यवस्थाले दशकौंदेखिको व्यक्त हुँदै आएको शहिदको सपना एवं जनताको आकाक्षलाई मुर्तरुप दिन सक्नुपर्छ ।’ उनले आत्मनिर्भ र समुन्त प्रदेशबासी को संकल्प लिएर सरकार अघि बढीरहेको बताउँदै –‘सरकार सामाजिक न्याय, समानता, सामाजिक सदभाव तथा आर्थिक समुन्तीलाई मुल लक्ष्य बनाएर अघि बढिरहेको स्मरण गराउन चाहन्छु । उनले ऐतिहासिक दिवसलाई  मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय सार्वभौमिकता, स्वधिनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्न सबै लाग्नुपर्ने बताए ।
ad_wide