सरकारसंग दुई तिहाई भएको सुनिश्चितता भएको दिन संविधान संशोधन हुन्छ -एमाले स्थायी कमिटि सदस्य गौतम

धनगढी– नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा केन्द्रिय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले सरकारसंग दुई तिहाइ भएको सुनिश्चितता भएसंगै संविधान संशोधनको कार्य अघि बढाउने बताएका छन् ।

बिहिबार धनगढीमा नेपाल प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा गौतमले सरकारसंग अहिले दुई तिहाइ नभएकोले संविधान संशोधनको कार्य अघि बढ्न नसकेको बताएका हुन् ।

‘प्रमुख प्रतिपक्षी दलहरुले संविधान संशोधनलाई सत्ता प्राप्तीको सिढी भनिरहेका छन् । त्यसो होइन् । संविधानका चुनौतिहरु अहिले सरकारले अध्ययन गरिरहेको छ’ उनले भने –‘ हरेक दश वर्षमा संविधान संशोधन हुने गर्छ । संविधान जारी भएको नौ वर्ष बढी भएको छ । अहिले सरकारसंग एक तिहाइमात्र छ । जुन दिन दुहाई तिहाई भएको सुनिश्चितता हुन्छ । त्यही समयमा संशोधन अघि बढ्छ ।’

उनले अहिलेको गठबन्धनमा संविधान संशोधन र अर्थतन्त्रमा आएको गिरावटलाई लयमा फर्काउने सहमति भएको बताए । उनले भने –‘अर्थतन्त्र क्रमिक रुपमा सुधार भइसकेका छन् । सरकारले राजश्व संकलनमा सुधार गरेको छ ।’ उनले सुधारका काम गर्न अध्यादेश ल्याएको बताउँदै –‘अहिले सरकारले संसद बैठक आह्वान गरिसकेको छ ।’ उनले वामदेव गौतमसंग सहकार्य गर्दै पार्टी अघि बढ्ने निर्णय गरेको बताए । उनले भने –‘वामदेव ज्यूसंग एकता अभियान चलाइरहनुभएको थियो । उहाँको अभियानमा संगै यात्रा गर्ने सहमति गरेका छौं । उहाँले के काम गरिरहनुभएको छ ? उहाँको अभियान कहाँ पुगेको छ ? कुन–कुन जिल्लामा संयन्त्र बनेको छ ? कति कार्यकर्ता उहासंग छन र त्यसको व्यवस्थापन कसरी भइरहेको छ भन्ने टुङ्गो नलगाई निर्णय लिने अवस्थामा छैन ।’

उनले डाक्टर भीम रावल पार्टीको नेता भएको बताउँदै –‘उहाँले अध्यक्षमा लड्नुभयो । पराजय व्यहोरेपछि पार्टी आफै छाडेर जानुभएको हो । उहाँलेनै सामान्य सदस्य नरहने बताएका हुन् ।’

ad_wide