बिहिबार, जेष्ठ ८, २०८२

सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपालको अध्यक्षमा : भट्ट

धनगढी –  सर्वाङ्गीण अपाङ्गता विकास समाज नेपाल कैलालीको अध्यक्षमा नन्दराज भट्ट चयन भएका छन् ।

शनिबार धनगढीमा सम्पन्न भएको ८ औ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट ११ सदस्य कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा मान बहादुर बस्नेत, महासचिवमा रामचन्द्र राना, सचिवमा चेतराज भट्ट र कोषाध्यक्षमा करिश्मा चौधरी छन् ।

यस्तै गरी सदस्यहरुमा गणेश सिंह धामी, हरि कुमाल, फिरिया कुमारी चौधरी, सावित्री कार्की,उमा पोखरेल र जानकी लुहार रहेका छन् ।

ad_wide