मङ्लबार, बैशाख ९, २०८२

सवारी प्रदुषण सम्बन्धि अन्तरक्रिया कार्यक्रम

दिप श्रेष्ठ
धनगढी –
सवारी परीक्षण अत्तरिया कैलालीले ड्राईभिङ स्कुल तथा सरोकारवालहरु संग सवारी प्रदुषण सम्बन्धि सचेतना कार्यक्रम गरेको छ ।
शनिवार धनगढीमा सरोकारवाला तथा विभिन्न निकायहरुलाई प्रशिक्षण दिईएको हो ।
उक्त प्रशिक्षण कार्यक्रममा यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रिय उपाध्यक्ष तथा महाकाली यातायातको अध्यक्ष डम्मर राज पन्तले सवारी प्रदुषणले मानव जिवनमा पर्ने असरको बारेमा प्रशिक्षण दिईएको बताए । सवारी साधनको समयमा प्ररिक्षण तथा चेकजाँच गर्नु पर्ने उनले बताएका छन् ।

जिल्ला ट्राफिक कार्यालय कैलालीका वरिष्ठ सई नरेन्द्र बहादुर सिंहले ट्राफिक प्रहरीले यस विषमा कसरी हातेमालो गरेर अगाडी बढ्ने भन्ने कुराको छलफल भएको बताए । सडकमा सवारी साधन बाट बढी धुवा आएको देखिएमा सवारी साधनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्ने गरेको बताए ।

सवारी प्ररिक्षण कार्यालयका मेकानिकल इन्जिनियर तथा निमित्त प्रमुख सुवास वडले सवारी परिक्षण सम्वन्धि सचेतना कार्यक्रम सञ्चालन गरेको बताए । उनले भने सवारी साधन वाट कस्ता खाले प्रदुषण निस्किन्छ, प्रदुषणले कस्ता किसिमका रोगहरु लाग्छ, फिल्टर कहाँ राख्ने लगाएतका विषयमा प्रशिक्षण दिएको बताए । उनले यातायात व्यवसायीहरुको समस्या लगायतका विषयमा समेत छलफल भएको बताए ।

सवारी प्ररिक्षण कार्यालयका कम्प्युटर अप्रेटर शैलेन्द्र वडुले प्रदुषण साईलेन्स किलर भएको बताए ।

वातावरणलाई सवारी प्रदुषणले कति असर गरेको छ त्यस्को वारेमा छलफल भएको र सवारी प्रदुषण कसरी न्युनिकरण गर्ने भन्ने बारेमा छलफल गरिएको उनले जानकारी दिए । सनराईज टेलिभिजनका लागि दिप श्रेष्ठको रिपोर्ट

 

ad_wide